Saturday, September 26, 2015

"चामल खानेहरू र चौलानी पिउनेहरू" प्रकाशित र विमोचित / 'Porridge Eaters and Gruel Drinkers' Published

२६ सेप्टेम्बर, २०१५ नेपाल अमेरिकन मैत्री सङ्घ, म्याडिसन, विस्कनसिनले हरेक बर्ष गर्ने "विजय मल्ल साहित्य साँझ" कार्यक्रममा यस बर्ष कविता प्रतियोगितासँगै सन्तोष लामिछानेद्वारा लिखित 'चामल खानेहरू र चौलानी पिउनेहरू' / Porridge Eaters and Gruel Drinkers को बिमोचन पनि भएको छ | कविता संग्रह 'जनमत प्रकाशन' काभ्रे, नेपालबाट प्रकाशित भएको हो | संग्रहमा बरिष्ठ साहित्यकार रामप्रसाद ज्ञवालीको भूमिका तथा समालोचना पनि समेटिएको छ |

कविकी आमा भवानी लामिछाने र लोक गायक हिरण्य भोजपुरेले संयुक्त रुपमा उक्त कृतिको बिमोचन गर्नुभएको थियो | कार्यक्रमको अध्क्ष्यता मैत्री सङ्घक अध्यक्ष्य पूर्ण श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रममा साहित्यकर दिनार रनादीले लेखकको परिचय दिनु भएको थियो | त्यसैगरी साहित्यकार राजेन्द्र अर्यालले 'चामल खानेहरू र चौलानी पिउनेहरू' को समिक्षा गर्नु भएको थियो | कार्यक्रमको संयोजन तथा संचालन आविस्कार भारतीले र बाल कविता प्रतियोगिताको संचालन चाहिं इशान लुइंटेलले गर्नु भएको थियो |

कार्यक्रममा हिरण्य भोजपुरेसंगै उहाँको सहकर्मी तथा जीवन संगिनी उर्मिला श्रेष्ठको लोक गीत पनि समावेस थियो | कार्यक्रममा बालकविता प्रतियोगिता र नियमित कविता प्रतियोगितामा राम्रा राम्रा कविता बाचन गरिएको थियो | थुप्रै अप्रतियोगी कविता पनि कार्यक्रममा समाबेश थिए |

कविता संग्रहमा केही कविता अंग्रेजीमा पनि अनुवादित छन् | सो संग्रहलाइ "Porridge Eaters and Gruel Drinkers" शिर्षकमा Amazon.com भन्ने अनलाइन बिक्रेताको वेभपेजमा पनि उपलब्ध गराइएको छ |   
देब्रेबाट दिनार श्रेष्ठ, राजेन्द्र अर्याल, सन्तोष लामिछाने, भवानी लामिछाने, हिरण्य भोजपुरे  र पूर्ण श्रेष्ठ
कार्यक्रममा बोल्ने क्रममा लेखकले नेपालीले लेखेका कुरा सबैले बुझ्न र पहुँच पाउन सकुन् भनेर केही कविता अंग्रेजीमा अनुवाद गरेको बताए | साथसाथै हामी सबैले नेपाली कविता, साहित्य पढ्ने लेख्ने गरेर हाम्रो भाषा, भावना र संस्कृतिलाइ जोगाइराख्नु पर्ने पनि बताए | आफु कुनै नाम चलेको व्यक्ति नभएपनि आफुले कविता संग्रहमा नयाँ कुरा पस्कन खोजेको र पत्रकार तथा सबै उपस्थित महानुभावहरूलाइ नयाँ व्यक्तिलाई पनि मौका दिन र नेपाली साहित्यको माया, चर्चा र जगेर्ना गर्न आव्हान गरे |

कार्यक्रमको अन्त्यमा नेपाली सेलरोटी र अन्य परिकारहरू सहितको खाना खाईएको थियो |

Wednesday, September 23, 2015

Porridge Eaters and Gruel Drinkers Published / चामल खानेहरू र चौलानी पिउनेहरू प्रकाशित

I am pleased to announce that my Nepali poetry collection Porridge Eaters and Gruel Drinkers / चामल खानेहरू र चौलानी पिउनेहरू got published through Janamat Prakashan, Kavre, Nepal. It is now available on Amazon.com as well.
Get a Copy Today
I am glad that I now have a book under the list : Books written by Nepali authors. :)