Thursday, December 24, 2015

"Bijuli Machine" - a Film of Novel Ideas

I was a movie buff a long long time ago, until I went to graduate school, got married, and had two kids. Okay okay, may be not that long ago :). I watch movies of any language if they have English or Nepali subtitles. But, in particular, Hollywood, selective Bollywood, and very minimal Kollywood i.e. Nepali movies.

Although I like classic Nepali movies like Basudev, I have not been a fan of modern Nepali movies until these days. Something is different these days. Although not all, some Nepali movies have come a long way. They are technically well done, they have original Nepali stories, and overall well made. In the recent past, I have shared on social media a few Nepali movies that I watched and liked. I also reviewed Jhola film on this blog sometime ago.

Recently, I have had an opportunity to get involved in making one of the movies -- Bijuli Machine. A friend of mine, Navin Awal, one of my very few friends from middle school who I am still in touch with, approached me with a unique story. A science fiction with little bit of drama, comedy, romance, and overall good entertainment. In addition, it also has a social message subtly embedded. It connected well with me. I got sold on the idea and I decided to produce a tiny part of it along with Navin and Rishav Acharya.

I and Navin on April 2014

So, the disclaimer: yes, I do have stake on it. However, I read the script well, helped a bit in research, and truly vouch for the novel ideas the film incorporates. So far the production is going well and teasers are looking great. Casting has been well done. I am really looking forward to seeing the whole thing. I am sure you will enjoy it too.

Actors Jeewan Adhikary and Abhishek Subedi in Bijuli Machine

तिमीले सम्झन छोडेपछि बेचैनी छाएको छ

न फोन न इमेल न कुनै सन्देश आएको छ
तिमीले सम्झन छोडेपछि बेचैनी छाएको छ

आउला याद कुनैबेला तिमीलाई, भनि कुरेको छु
मिलनका मीठा सम्झनाले, न्यास्रो पुरेको छु
झझल्कोहरूले तिम्रो मात्र, मुहार पाएको छ
तिमीले सम्झन छोडेपछि, बेचैनी छाएको छ

सक्दिन सोच्न किन होला, मेरो याद नआएको
साँच्चै भुल्यौ त तिमीले, नबिर्सने कसम खाएको
आजकल मुटुले एक्लोपनसँग मीत लाएको छ
तिमीले सम्झन छोडेपछि बेचैनी छाएको छ

न फोन न इमेल न कुनै सन्देश आएको छ
तिमीले सम्झन छोडेपछि बेचैनी छाएको छ

Wednesday, December 23, 2015

मेरो मनमा को छ, तिमीलाई थाहा भए

गाउँथे म पनि सधैं, चोखो मायाको जय
मेरो मनमा को छ, तिमीलाई थाहा भए

म हावा तिमी छाल झैँ, बन्न पाए साथी
तिमी नाँच्थ्यौ होला, म उराल्थे माथि
थामिन्थ्यो होला साथ, बग्नेथे सबै भय
मेरो मनमा को छ, तिमीलाई थाहा भए

सङ्लो पानीमा रातमा, डुब्छ तारा पनि
लेखेको छु पत्र, पढ़छ्यौकी एकपल्ट भनि
हुन्थ्योकी तिमी मानेर, हाम्रो प्रितको तय
मेरो मनमा को छ, तिमीलाई थाहा भए

गाउँथे म पनि सधैं, चोखो मायाको जय
मेरो मनमा को छ, तिमीलाई थाहा भए

Tuesday, December 22, 2015

तिमीसँग बिताएका दुई पलले नै आजकल जीवन धानिरहेछ

तिमी नहुँदा कस्तो हुन्छ ? दिन दिनै जिन्दगीले जानिरहेछ
तिमीसँग बिताएका दुई पलले नै आजकल जीवन धानिरहेछ

तिम्रो साथ मेरो उर्जा रहेछ, नत्र किन जीवन ठप्प रोकिन्थ्यो ?
बाटो देखाउने आँखा तिमी रहेछौ, नत्र किन जताततै ठोकिन्थ्यो ?
हजारौं आँखाहरू छोडेर यो मन तिम्रै आँखाहरू छानिरहेछ
तिमीसँग बिताएका दुई पलले नै आजकल जीवन धानिरहेछ

तिमी र म हुँदा जे थियो, त्यो हरायो, फेरी कहिल्यै भेटिएन
तिमी अर्कै बाटो गयौ म अर्कै बाटो तर याद कहिल्यै मेटिएन
तिमी जहाँ गए पनि मलाई तिम्रो मीठो सम्झनाले तानिरहेछ
तिमीसँग बिताएका दुई पलले नै आजकल जीवन धानिरहेछ

तिमी मेरो प्राण रहेछौ, छैनौ अझैपनि मेरो आँखा भन्दा टाढा
सचेथें बिर्सनेछु बिस्तारै तर याद हुँदैगयो झन् झन् गाढा
तिम्रो चञ्चल हेराइको तीरले अझै पनि मुटुमा हानिरहेछ
तिमीसँग बिताएका दुई पलले नै आजकल जीवन धानिरहेछ

तिमी नहुँदा कस्तो हुन्छ ? दिन दिनै जिन्दगीले जानिरहेछ
तिमीसँग बिताएका दुई पलले नै आजकल जीवन धानिरहेछ