Friday, September 28, 2012

निरीह अक्सीजन


म सर्वत्र
नि:शुल्कसरी
मलाई देख्दैनौ
तिम्रै वरिपरी
तिमी कुल्चिन्थ्यौ होला
म कुल्चिइने चिज हैन ।

तिमी भाग्न खोज
म ढाकिरहन्छु ।
लुकेर बस
म चुमिरहन्छु ।

तिमी बाँच
मेरो लक्ष यत्ति हो
म त नि:शुल्क
सर्वत्र फैलिएको
निरीह अक्सीजन ।
निरीह अक्सीजन । ।

No comments:

Post a Comment