Sunday, September 28, 2014

केही मुक्तकहरू

तिमीसँग एकान्तमा हुन मन लाग्छ
सुनसानमा स्वासले स्वास छुन मन लाग्छ
साउतीले मन साट्ने मात्र होइन
चाहनालाई तृप्तीले धुन मन लाग्छ
                        **

जीवन मात्र कहाँ हो र ? अव त रहर पनि तुहिन थाल्यो
अरुको त चामल फल्यो रे, आफ्नो त पिठो पनि कुहिन थाल्यो
थुपार्या छन् अरुले कुन्नि कसरी हो? आफ्नो त
टाल्या टाल्यै गर्दा पनि सबथोक चुहिन थाल्यो
                        **

पागल प्रेमीको नाम दिएको छ दुनियाँले, मलाई त सिर्फ मायाको भोक थाहा छ
वरिपरि अरु हाँस्य नाँच्या छन्, मलाई त सिर्फ तिमी नपाउनुको शोक थाहा छ
भन्छन् बौलाएँ रे, बेहोश छु रे,  कहाँ छु ? कसरी छु ? केही थाहा छैन
हो भुलेछु सबथोक मैले आजकल तर मलाई अझै तिमी हिँड्ने चोक थाहा छ
                        **

तिम्रा आँखा कस्ता चुम्बक हुन् कुन्नि सधैं मलाई तिमीतिरै तान्छन्
म जता जान खोजे पनि घुमिफिरी तिमीतिरै लान्छन्
भुल्छु तिमीलाई भन्छु धेरैतिर मन डुलाउन खोज्छु
तर मनका भावना अनि मायाका छाल तिमीतिरै मात्र जान्छन्

                        **

No comments:

Post a Comment