Saturday, September 27, 2014

खुट्टाहरू चुँडिएको माकुरो

उसले भौतिक सुखका होइन आदर्शका शब्द कहेछ
अनि पो दहिपछि खाएको पानीझैं खल्लो हुँदै गएछ

नाम र शक्तिको पछि लाग्न छोडेर
आफ्नै बदनामी पनि सहर्ष सहेछ

सोच र सिद्धान्तलाई मात्र च्याप्न छोडेर
आफ्ना भावनामा पनि मनखुस बहेछ

ऊ अरू जस्तो हुन नखोज्ने आफ्नै संसारमा रमाउने
अरुको नजरमा ऊ त कसैले नबुझ्ने पागल रहेछ

संसार जकडिएको सामाजिक जालो
ऊ चाहिं खुट्टाहरू चुँडिएको माकुरोझैं भएछ

Spider with its legs plucked off by Santosh Lamichhane










P.S. I wish I knew how to draw well ;)

No comments:

Post a Comment