Sunday, November 15, 2015

आऊ साथ हुँदा केहीबेर सँगै हाँसौं

आऊ साथ हुँदा केहीबेर सँगै हाँसौं
जीवनहीन पलहरू बिर्सेर केहीबेर साँच्चै बाँचौं

हावाको सुस्केरामा निस्फिक्री पात नाचेझैं नाँचौं
हातमा हात समाई छातीमा छाती टासौं

साँचो माया उद्याएर हरेक दुबिधा तासौं
मायाकै लागि जुवामा सम्पूर्ण प्राप्ति मासौं

उम्लिएका चाहना सबै आजै चुहाई नाँसौं
समय साक्षी राखेर नभुल्ने सम्बन्ध गाँसौं

आऊ साथ हुँदा केहीबेर सँगै हाँसौं
जीवनहीन पलहरू बिर्सेर केहीबेर साँच्चै बाँचौं

No comments:

Post a Comment