Wednesday, November 20, 2013

माओबादी, कांग्रेस, एमाले तथा अरू पार्टीलाइ मेरो सल्लाह

मेरो कुरा कसैले सुन्ला नसुन्ला तर नेपालको नागरिकको नाताले अहिलेको परिवेशमा, माओबादीहरुलाई मेरो सल्लाह यसप्रकार छ |

१. हारलाई सहर्ष स्वीकार गर | जंगली प्रवृति नदेखाऊ |

२. फेरिपनि बन्द, तोडफोड, सडक तताउने कुरा नसोच, बैद्यले गर्दाखेरी जसरी कसैले साथ दिएनन्, तिमीहरूले गर्दा पनि अब साथ पाउदैनौ ! नेपालमा अब बन्द हड्ताल गर्नेहरू आफै सकिनेछन! नेपाली जनतलाई तेस्तो मन पर्दैन !

३. संबिधान कस्तो बन्छ त्यसमा ध्यान देउ, संबिधान बनाएर चाडै अर्को चुनाब (संबिधान सभाको होइन, संसदीय जस्तो) गर्ने तिर जोड गर |

कांग्रेस, एमाले तथा अरू पार्टीलाइ मेरो सल्लाह

१. अझै पनि मिलेर, सहमतिमा (बिशेष त कांग्रेस, एमाले ), सबैलाई समावेश र शक्तिको सन्तुलन हुनेगरि सरकार बनाऊ |

२. खेल हारिसकेपछी नियम मान्दिन भन्नेहरूलाई तह लगाउन सक्ने नेतृत्व देखाउन सक |

३. संबिधानलाइ प्रमुख मुद्धा बनाएर देशलाइ शान्ति र स्थायित्वतिर लग |

यति गर्न सक्यौ भने नेपाली जनताको धन्यवादको पात्र हुने छौ ! नेपाली जनताले त जित्छन जित्छन , तिमीहरूले पनि फेरि जितौला अहिले हारेकाले पनि अर्को पल्ट जित्ने मौका पाउला |

No comments:

Post a Comment