Sunday, February 9, 2014

शब्द र भोगाइ

कसैले लेख्नेछन्
तिमीले बोल्न नसकेका कुरा
कहिलेकाँही त्यसरी लेख्नेछन्
जसरी तिमीले भन्न चाहेथ्यौ

तिमीलाई लागेका जस्तै कुरा
तिम्रा जस्तै भावना
तिम्रै जस्तै बुझाई
कतै कतै कसैन कसैले लेखिसके
कि लेख्नेछन्  भविष्यमा

अनि जब तिमीले पढ्नेछौ ति शब्दहरू
तिनले छुनेछन् तिम्रो मन
याद गराउनेछन् तिम्रा अनुभवहरू
बिल्क्कुल तिम्रो जस्तो अनुभब नहुँदा पनि
तिनले तिमीलाई दिनेछन् एउटा नौलो अनुभब

शब्दमा रहेका क्षणका अवशेष
पढाईसँगै ताजा अनि गाढा हुने गर्छन्
शब्दमा व्यक्त नभएका भोगाइहरू
नभोग्नेहरूबाट टाढा हुने गर्छन्

No comments:

Post a Comment