Thursday, January 1, 2015

समाजको जालोभित्र चुपचाप माया गर्नु पर्ने

समाजको दायराले उनलाई सुटुक्क भेट्न नमिल्ने
भेट भइहाले पनि मनका हर तिर्खा मेट्न नमिल्ने

आँखा आँखा ठोक्किरहने उनीसँग मात्र बोल्न नमिल्ने
के छ कसो छ भन्दा बाहेक अन्य भावना खोल्न नमिल्ने

कि त उनलाई भुल्नु पर्ने कि त बदनामी रोज्नु पर्ने
आफ्नै नजिक माया भएपनि अन्त कतै खोज्नु पर्ने

रित्तो एउटा यथार्थलाई कल्पनाले भर्नु पर्ने
समाजको जालोभित्र चुपचाप माया गर्नु पर्ने

No comments:

Post a Comment