Sunday, January 25, 2015

अब फेरि मर्नु परेन

मनको कुरो मनलेनै विश्वास गरेन
अरुको त के आफ्नै पनि भर पर्नु परेन

पतन भएर पातालमा बजारिएछु 
अनि त त्यो भन्दा तल झर्नु परेन

छताछुल्ल भएछन् कल्पना फुटेर
त्यसपछि टुक्राहरूबीच आशा छर्नु परेन

बिपनामा भासिंदा सपनाले साथ छोडेछन्
आहा जीवनमा नियोजित केही गर्नु परेन

ऐना हेर्दा अरुनै कोही नौलो देख्छु
एउटा आफू मरिसकेछु अब फेरि मर्नु परेन

No comments:

Post a Comment