अँधेरी ड्ड्यो
उषा जग्मगायो
अनि वीरहहरू उर्ले
पाखुरा बजार्दै
खुकुरीका धारहरू उद्याउँदै
आलो रगत
अनि अदम्य साहस
पृथ्वी थर्कियो
रातो नदी बग्यो
वीरहरु लडे
आफ्नो जन्मभूमिप्रति
भए भरको बल वुत्ताले
नालापानी, कुमाऊ अनि गडवालमा
वीरहरू पुगेथे
मुक्तिका लागि वीरहरू
जुर्मुराएका थिए
सन्नाटाको पर्खाल ढालेर
उनीहरू युद्धको मैदानमा उत्रिएका थिए
हरेक नसामा तातो रगत बगाएर
वीरहरूले जगत जीवन ब्यूँझ्याए
वैरीहरूको अत्याचारको विरोधमा
बुद्धको उपदेशलाई थाति राखेर
परिस्थितिको पछ्यौरीमा
मातृभूमिको नारा घन्काउँदै
आकाश गर्जे झै वीरहरू गर्जेका थिए
आफ्नो प्राण आहुती दिन तत्पर भएका थिए
पौरख संगेल्दै वीरहरू
लडेथे मुलुकको लागि
देउराली अनि भञ्ज्याङहरूमा प्रभात ल्याउन
आफ्नी आमाको मुहार हँसाउन
लडेथे वीरहरू प्राण नगएसम्म
खङ्ग्रङ्ग भएर नढलेसम्म
No comments:
Post a Comment