Saturday, September 14, 2013

भत्केका पुलहरू

विचारका बाफहरूको संगमले 
पुलहरू बन्ने गर्छन्
अनि 
तापक्रमहरू घट्दै गएपछि 
पुलहरू गर्ल्यामगुर्लुम
भत्कदै जान्छन्

पुलका भग्नावशेषमुनि 
संवेदनाहरू थिचिन्छन्
च्यापिन्छन् 
उत्साहहरू निचोरिन्छन् 

चिसिंदै जाँदा 
वरफका टुक्राहरूको गाईजात्रामा 
युगहरू चाउरिइदै जान्छन्

तैपनि
विचारका बाफहरू 
निरन्तर पुलहरू बाँध्दै जान्छन् 
समय फगत हेरिरहन्छ

उत्सुकहरू अनुसन्धान गरिरहन्छन् 
तर तिनले पनि त 
विचारकै बाफका थुप्राहरू थप्ने न हुन् 
आखिर तापक्रमको घटाईमा 
सब चकनाचुर भैहाल्छन् 

समय डाकिरहेछ 
तापक्रम घट्न नदिने चेतनालाई 

भत्केका पुलहरू ब्यग्र भई कुरिरहेछन् 
भत्केका पुलहरू ब्यग्र भई कुरिरहेछन्

Wednesday, September 4, 2013

When and Where I Grew Up / म जहिले र जहाँ हुर्कें

Every now and then I try to write poetry in English. Sometimes I start in English and switch back to Nepali or the vice versa. I tried this first in English then I translated it in Nepali. Here it is for you.
When and Where I Grew Up म जहिले र जहाँ हुर्कें
When and where I grew up म जहिले र जहाँ हुर्कें
there was no electricity त्यसताका बिजुली बत्ति थिएन
there was sunshine and light घाम थियो अनि उज्यालो थियो
there were no vehicles, concrete roads, or traffic गाडीहरू, पक्कि सडक, अनि ट्राफिक जाम थिएन
we walked everywhere to our delight हामीहरु जताततै सहर्ष हिडेर पुग्थेऊँ
there was no complexity अप्ठेराहरू थिएनन्
life was straightforward and slight जिन्दगी सरल र सहज थियो
there were no skyscrapers or super markets गगनचुम्बी भवन अनि बिशाल बजारहरू थिएनन्
all we needed was in sight हामीलाई चाहिने सबैचिज आँखावरिपरि हुन्थ्यो
When and where I grew up म जहिले र जहाँ हुर्कें
there was no pollution त्यसताका प्रदुषण थिएन
air was natural and salubrious हावा प्राकृतिक अनि स्वस्थ थियो
there were no cell phones or internet मोबाइल फोन र इन्टरनेट थिएन
communication was glorious and multifarious संचार गर्वसाथ धेरै तहमा हुन्थ्यो
there were no swimming pools or playgrounds पौडनको लागि बनाइएका पूल अनि खेल्नको लागि बनाइएका मैदान थिएनन्
rivers, lakes, and fields were gorgeous सुन्दर खोला, ताल र चौर थिए
demands and supplies did not bargain माग र पूर्तीको मोलतोल हुन्नथ्यो
resources were sustainable and cornucopious साधन र श्रोत दीर्घकालीन धान्न मिल्ने अनि पर्याप्त थियो
When and where I grew up म जहिले र जहाँ हुर्कें
there were less rivalries in pointless pursuits त्यसताका अर्थहीन अभिलाषाका दुश्मनी कम थिए
people were more friendly and plain मान्छेहरू धेरै मिलनसार अनि सादा थिए
there were less insecurities and doubts मनमा डर अनि शंका कम थिए
plenty of trust and harmony were in chain समाज विश्वास र सौहाद्रताको साँङ्ग्लोमा बाँधिने गर्थ्यो
deceits or bondages were rare छलकपट अनि बन्धन विरलै थिए
truth and freedom stayed in domain सत्य र स्वतन्त्रता रैथाने रहन्थे
When and where I grew up म जहिले र जहाँ हुर्कें
I was as happy as I am now. त्यसताका म जति खुसि थिएँ अहिले पनि खुशी नै छु बराबरी
Isn’t it intriguing, why and how? आश्चर्य लाग्दैन? किन र कसरी?