Saturday, November 24, 2018

सन्तोष लामिछानेको "अल्टिमेट आकाश" सार्वजनिक

अमेरिका निवासी साहित्यकार सन्तोष लामिछानेको उपन्यास ‘अल्टिमेट आकाश’ नोभेम्बर १७, २०१८ का दिन म्याडिसन, अमेरिकामा एक समारोहबीच सार्वजनिक गरियो । सो उपन्यास बेलायतस्थित समकालीन साहित्य प्रतिष्ठानले प्रकाशित गरेको हो ।  वरिष्ठ लोक गायक एवम् अवैतनिक नेपाली महावाणिज्य दूत प्रेमराजा महत, कवि गोवर्धन पूजा, साहित्यकार कृष्ण बजगाईंको बिशिष्ट आतिथ्यमा कार्यक्रम अगाडि बढेको थियो ।
फोटोमा बायाँबाट: कृष्ण बजगाई, गोवर्धन पूजा, बिन्दु तिमिल्सिना, सन्तोष लामिछाने 
(अगाडि: आर्या र काव्या लामिछाने), डा. भरतप्रसाद लामिछाने, प्रेमराजा महत, दिनार रनादी 
उक्त कार्यक्रमका लागि बेलायतबाट आएका कार्यक्रमका विशिष्ट अतिथि साहित्यकार कृष्ण बजगाईंले कृतिको समिक्षा गर्दै नेपाली डायास्पोरिक साहित्यमा “अल्टिमेट आकाश“ एउटा कोशे ढुंगाको रुपमा रहने धारणा व्यक्त गर्नु भयो । अमेरिकी भूमिमा युवाले गर्नु परेको संघर्ष र सफलताको कथा रहेको उक्त उपन्यासकाे विषयवस्तु, भाषा शैली रोचक रहेको बताउनु भयो । 

उपन्यासकार लामिछानेका पिता डा. भरत लामिछानेले कृतिका तितामिठा कुरा कोट्याउँदै, कृतिको सकारात्मक पक्ष र चुनौती माथि आफ्नो मनसाय अगाडि पस्किनुभएको थियो ।

अवैतनिक नेपाली महावाणिज्यदूत प्रेमराजा महतले देशबाट टाढा भए पनि देशकै तर्कनामा रहेर नेपाली भाषा र संस्कृति उकास्न र नयाँ पुस्तालाई सिकाउन लागिपरेको नेपाली समुदाय देखेर आफूलाई खुशी लागेको बताए । साहित्यकार गोवद्र्धन पूजाले सिर्जनात्मक लेखनमा निरन्तर अभ्यासको खाँचो औँल्याए ।

उपन्यासकार सन्तोष लामिछानेले अमेरिकी भूमिमा नेपाली युवाका भोगाईलाई उपन्यासको रुप दिएको बताउँदै केही हदसम्म भए पनि यसबाट नेपाली युवा लाभान्वित हुन सक्ने कुरा बताउनु भयो ।

नेपाली अमेरिकन मैत्री संघ (नाफा)को आयोजना गरेको १०९औं महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती एवम् ‘नाफा साहित्यिक साँझ २०७५’ बिचमा उक्त बिमोचन कार्यक्रम भव्यरुपमा सम्पन्न भएको थियो । प्रतियोगी तथा अप्रतियोगी गरी जम्माजम्मी ३५ वटा कविता वाचन गरिएको यो कार्यक्रममा नाफा अध्यक्ष सन्तोष लामिछानेको सभापतित्वमा सम्पन्न भएको थियो ।

उक्त उपन्यास ‘आमाजोन’बाट अनलाईनमा बिक्री भई रहेको कुरा कार्यक्रममा बताइएको थियो । 


#nepalisahitya #nepalinovel #nepaliliterature #ultimateaakash #premrajamahat #sanoshlamichhane

No comments:

Post a Comment