Showing posts with label Nepali Muktak. Show all posts
Showing posts with label Nepali Muktak. Show all posts

Sunday, September 28, 2014

केही मुक्तकहरू

तिमीसँग एकान्तमा हुन मन लाग्छ
सुनसानमा स्वासले स्वास छुन मन लाग्छ
साउतीले मन साट्ने मात्र होइन
चाहनालाई तृप्तीले धुन मन लाग्छ
                        **

जीवन मात्र कहाँ हो र ? अव त रहर पनि तुहिन थाल्यो
अरुको त चामल फल्यो रे, आफ्नो त पिठो पनि कुहिन थाल्यो
थुपार्या छन् अरुले कुन्नि कसरी हो? आफ्नो त
टाल्या टाल्यै गर्दा पनि सबथोक चुहिन थाल्यो
                        **

पागल प्रेमीको नाम दिएको छ दुनियाँले, मलाई त सिर्फ मायाको भोक थाहा छ
वरिपरि अरु हाँस्य नाँच्या छन्, मलाई त सिर्फ तिमी नपाउनुको शोक थाहा छ
भन्छन् बौलाएँ रे, बेहोश छु रे,  कहाँ छु ? कसरी छु ? केही थाहा छैन
हो भुलेछु सबथोक मैले आजकल तर मलाई अझै तिमी हिँड्ने चोक थाहा छ
                        **

तिम्रा आँखा कस्ता चुम्बक हुन् कुन्नि सधैं मलाई तिमीतिरै तान्छन्
म जता जान खोजे पनि घुमिफिरी तिमीतिरै लान्छन्
भुल्छु तिमीलाई भन्छु धेरैतिर मन डुलाउन खोज्छु
तर मनका भावना अनि मायाका छाल तिमीतिरै मात्र जान्छन्

                        **