Wednesday, October 3, 2012

पिंजडामा झिलिमिली छ


पिंजडाभित्र
कैदीहरुको अटसमटस पेट छ

पिंजडाभित्रै बिलाशाको ताजमहल वरिपरी
फुलबारी अनि माहुरीको घार छ

वार पार गर्न
गाडीहरुकोमात्र  होइन
पुष्पक बिमानहरुको संकलन छ

कैदीहरु पिठीउँमा लिस्नो लिएर
झिलिमिलीमा लालटिन सल्काउँन खोजिरहेछन्

पागलहरु त झन्
लाइटहाउसनै  बनाउन खोजिरहेछन्

त्यहि पिंजडामा
लुटेराहरु लुछाचुंडी गरिरहेछन्

लुटपाट हुँदै गर्दा
उतार चढावको लुकामारी भइरहेछ

पिंजडाक लिखाहरु
लाठेहरुलाई लिखुरे बनाइरहेछन्

कैदीहरु लालटिन सल्काउन नसक्नाले
लाइटर खोज्दै भौतारिहीरहेछन्

हार खानेहरु लाखा पाखा लागिरहेछन्
लाखौँ  कैदीहरु लागुपदार्थ सेवन गरेर
लमतन्न लठ्ठीहिरहेछन्

पिंजडाबाट फुत्कन खोज्नेहरुभने
आत्मालाई सत्कर्मले लोटाइरहेछन्

तर जे सुकै होस्
पिंजडामा झिलिमिली छ
तर जे सुकै होस्
पिंजडामा झिलिमिली छ

No comments:

Post a Comment