Saturday, August 8, 2015

कुर्दा कुर्दा काँडा पनि फुल्न पुगेछु

पहिलो भेटमै उनीसँग खुल्न पुगेछु
थाहै नपाई उनलाई मनमा हुल्न पुगेछु

सपना कि बिपना हो होश गुमाएर
मात्र उनकै वरिपरि डुल्न पुगेछु

उनी भईन् पराई अनि गईन् धेरै टाढा
अझै पनि उनकै यादमा झुल्न पुगेछु

दिन हप्ता महिना बर्ष दशक बिते पनि
सम्झी सम्झी आफूलाईनै भुल्न पुगेछु

उनी एक गुलाब थिईन् म एक काँडा
कुर्दा कुर्दा काँडा पनि फुल्न पुगेछु

No comments:

Post a Comment