Wednesday, December 23, 2015

मेरो मनमा को छ, तिमीलाई थाहा भए

गाउँथे म पनि सधैं, चोखो मायाको जय
मेरो मनमा को छ, तिमीलाई थाहा भए

म हावा तिमी छाल झैँ, बन्न पाए साथी
तिमी नाँच्थ्यौ होला, म उराल्थे माथि
थामिन्थ्यो होला साथ, बग्नेथे सबै भय
मेरो मनमा को छ, तिमीलाई थाहा भए

सङ्लो पानीमा रातमा, डुब्छ तारा पनि
लेखेको छु पत्र, पढ़छ्यौकी एकपल्ट भनि
हुन्थ्योकी तिमी मानेर, हाम्रो प्रितको तय
मेरो मनमा को छ, तिमीलाई थाहा भए

गाउँथे म पनि सधैं, चोखो मायाको जय
मेरो मनमा को छ, तिमीलाई थाहा भए

No comments:

Post a Comment