Thursday, December 24, 2015

तिमीले सम्झन छोडेपछि बेचैनी छाएको छ

न फोन न इमेल न कुनै सन्देश आएको छ
तिमीले सम्झन छोडेपछि बेचैनी छाएको छ

आउला याद कुनैबेला तिमीलाई, भनि कुरेको छु
मिलनका मीठा सम्झनाले, न्यास्रो पुरेको छु
झझल्कोहरूले तिम्रो मात्र, मुहार पाएको छ
तिमीले सम्झन छोडेपछि, बेचैनी छाएको छ

सक्दिन सोच्न किन होला, मेरो याद नआएको
साँच्चै भुल्यौ त तिमीले, नबिर्सने कसम खाएको
आजकल मुटुले एक्लोपनसँग मीत लाएको छ
तिमीले सम्झन छोडेपछि बेचैनी छाएको छ

न फोन न इमेल न कुनै सन्देश आएको छ
तिमीले सम्झन छोडेपछि बेचैनी छाएको छ

No comments:

Post a Comment