Sunday, November 10, 2013

बन्द हडताल सम्बन्धि लागेका कुरा

आउँदो साता हुने संविधानसभाको चुनाव वहिष्कार गर्ने घोषणा गरेका नेकपा-माओवादीको गठबन्धनले सोमवारदेखि मतदानको दिनसम्म १० दिनसम्म आम हडताल गर्ने घोषणा गरेको थियो। तर सबैतिरबाट विरोध र आलोचना भएपछि उसले पहिलो दिन आम हड्ताल र बाँकी दिन यातायात मात्र बन्द गराउने निर्णय गरेको छ। यसैबीच नेपाल उद्योग वाणिज्य महासंघले  बन्द-हडतालको अवज्ञा गर्ने निर्णय गरेको छ ।

बन्द हडताल गर्ने गराउनेलाई निरुत्साहित गर्न गरिएका सबै कदम राम्रा हुन् । यसले जनतालाई दु:ख दिनबाट बचाउछ । हालको बन्द हड्ताल बिरोधि माहोल सधै कायम रहोस र बन्द हड्तालजस्ता पछौटे, जनतालाई दु:ख दिने कार्यक्रम अब नेपालीहरूको चेतनासामु टिक्न नसकोस भन्ने आशा गर्दछु ।

अर्को कुरा के भने अहिले  नेकपा-माओवादीको गठबन्धनले गर्न खोजेको  बन्द हड्ताललाई सबले बिरोध गरेझैँ अबदेखि जुन कुनै पार्टी वा समुहले बन्द हड्ताल गर्दा पनि तेस्तै बिरोध र रिरुत्साहित गर्ने काम होस् । अहिलेका मुख्य चार पार्टीले पनि अबदेखि आफुले पनि कहिल्यै बन्द हड्ताल नगर्ने बाचा गर्न सकुन । होइनभने अरुलाई एउटा मापदण्ड, आफुलाई अर्को गर्ने खाले प्रवृति गलत हुनेछ । नेपाली जनतालेपनि अब कसले बन्द हड्ताल गर्छ तेस्ता पार्टी र समुहको मौका परेको बेला धज्जी उडाउन सक्नु पर्यो ।

बिरोध गर्ने राम्रो संस्कार बसाल्नु पर्यो । जताबाट पनि जनतालाई नै दु:ख हुने, साँढेको जुधाई बाछाको मिचाई हुने संस्कृतिको अन्त्य गर्नु पर्यो । 

No comments:

Post a Comment