Showing posts with label Nepali Politics. Show all posts
Showing posts with label Nepali Politics. Show all posts

Saturday, January 24, 2015

प्रसंग : नेपालमा एनेकपा माओबदिले संबिधान सभामा अवरोध गरेकोबारे

घरमा साना केटाकेटीले नाजायज माग राखेर रुने, कराउने, लडिबुडी गर्ने, पिर्ने, हिंस्रक हुने काम गरे अविभावकले के गर्ने? सारै अप्ठ्यारो पर्छ नि | अब तपाई असल अविभावक हो भने साना अबोध अबुझ केटाकेटीलाई कुट्न मिलेन, सम्झाउने प्रयत्न गर्नु पर्यो, सम्झदै नसम्झे केहि समय केटाकेटीलाई वास्ता नगरी, नदेखेझै, ससुनेझई गरेर तिनलाई मत्थर पारेर बुझाउनु पर्यो | उनीहरूले जे भन्यो त्यो गरेता उनीहरूलाई अनि परिवारलाईनै ठुलो क्षति हुन सक्छ |

अहिले नेपाली राजनीतिमा माओबादी र मधेसबादी दलको संयन्त्रले माथि उल्लेख गरेजस्तो केटाकेटीको भूमिका निर्वाह गरिराखेका छन् | अरु मुख्य पार्टी र तिनका निर्णायक नेता परिवार (नेपाल देश) का अभिभावक हुन् | उनीहरूलाई सारै चुनौतिपूर्ण अवस्था छ | संयम साथ काम गर्नु छ | अब यहाँ केटाकेटी फेरि साँचै केटाकेटी होइनन, मात्र उनीहरूले व्यवहार र रणनिती तेस्तो लिएका छन् | तिनीहरूको अरु उपाए बाँकी पनि छैन, एउटा परिपक्क मानिसको जस्तो शक्ति पनि त छैन |

दुखलागो कुरा त के छ भने संबिधानमा यस्तो चाहियो उस्तो चाहियो भनेर बखेडा झिकिदै छ | तर यहाँ असलमा प्रचण्डलाई राष्ट्रपति चाहिएको छ अनि त्यो भएमा बाबुराम आफू पार्टीको अध्यक्ष हुन पाउछु भनेर लाग्य छन् | मधेसी नेताहरूचै आफ्नो जमिन्दारीको बर्चस्व कायम राखिराख्न छुटै प्रदेश बनाएर भूमिसुधार, शिक्षा तथा अन्य कुरालाई पन्छाएर सधै सामन्ती राज गर्न पाइन्छ भनेर लाग्य छन् |

अविभावकहरूलाई पो कस्तो समस्या | माग पुर्याइदिउ त तेस्तो नाजायेज र अन्यायपूर्ण माग कसरी पुर्याउने | नपुर्याउन त सधैको कच् कच् र किचलो गरिराख्ने, घरमा अशान्ति, तोडफोड, जबर्जस्ति, उदण्डता | अब अविभावकले पनि तेस्तै गर्न त मिलेन, त्यसो गरे त गृहयुद्ध सुरु भैगो | बडा गार्हो पो देखिन्छ | 

Monday, December 15, 2014

नेताहरूले ऐतिहासिक अवसरमाथि खेलाँची गर्दै छन्

नेपालमा कैयौं ऐतिहासिक परिवर्तन भए | तिनका लागि कति शहिद भए, कतिले आफ्नो जीवन समर्पण गरे | राणा शासनको अन्त्य, पंचायत कालको अन्त्य, माओबादी आन्दोलन, राजतन्त्रको अन्त्य, मधेश आन्दोलन हुँदै देश अहिले एउटा जटिल मोडमा छ  - पहिलो संबिधान सभाको अवसान भएर दोश्रो संबिधान सभाले एउटा समय सुहाउँदो आधुनिक  संबिधान बनाउने आशामा | संसारका कैयौं देशमा यस्ता संबिधान बनाउने घटनाक्रम आए, कतिमा समयसंगै आइपरे, कतिमा ठुलो रक्तपात र बलिदानले आयो, कतिमा राजनीतिक घटना क्रमले ल्याइपुर्यायो | जे सुकै भएपनि २१औं शताब्दीमा नेपालमा यो अवसर आइपुग्नु आफैमा एउटा सुनौलो मौका हो - एउटा आधुनिक र देश काल परिस्थिति सुहाउँदो, जनता र मानब इतिहासकै एक उत्तम संबिधान, एक कृति लेख्ने |

अमेरिकाको स्वतन्त्रता घोषणामा लेखिएका यी भावका शब्द मानब ईतिहासमै मानब अधिकारको एक कुशल बर्णन सिद्ध भए |

"हामी यी सत्यलाई स्वतः प्रमाणीत मान्छौं कि हर मानिस बराबर हुन् | तिनको सृष्टिकर्ताले तिनीहरूलाई केही अहस्तांतरणीय अधिकार दिएर पठाएका छन्; ती मध्ये केही अधिकार हुन् - बाँच्न पाउने, स्वतन्त्र हुन पाउने र  खुसीको खोजी गर्न पाउने " ।

जुलाई ४, १७७६ मा भएको घोषणाको ११ वर्ष पछि सेप्टेम्बर १७, १७८७ अमेरिकाको संबिधान बन्यो | त्यो संबिधान बनेपछि त्यसमा धेरै सुधार र संशोधन भएका छन् | तर जुन भावनाले अमेरिकाको स्वतन्त्रताको घोषणा भयो त्यही जोश र भावनाले, सबैको अन्तरक्रियामा आफ्नो देशलाई सुहाउँदो संबिधान पनि अमेरिकामा बन्यो र पछि समयसंगै सुधार र संसोधन पनि हुँदै गयो | २२० बर्ष अघि लेखिएको अमेरिकाको संबिधानमा पनि सब कुरा पूर्ण थिएन तर समय अनुसारको मान्यता र आफ्नो देश काल परिस्थिति अनुसार एउटा असल भावानाले संबिधान लेखियो | नेपालमा अहिले रहेको सुनौलो अवसरलाई पनि त्यस्तै भावना र गम्भीरताका भएर उपयोग गर्नु पर्छ |

दासत्व, छुवाछुत जस्ता कुरा उन्मुलन भएपनि अहिले समयको आवस्यकता फेरिएको छ | व्यक्तिको स्वतन्त्रता, शासकीय स्वरुपसंगै अहिले आर्थिक असमानता, समावेशीता, लैगिक असमानता, समलिंगीका अधिकार, पशुका अधिकार, वातावरणको संरक्षण जस्ता कुरामा एक आधुनिक र समय सापेक्ष संबिधान चाहिएको छ | मेरो कुरो चुरो संबिधानमा कुन कुरा कसरी लेखिनु पर्छ भन्दा पनि यो अवसरलाई इमान्दारी र गम्भीरतापुर्वक आत्मसाथ गरिदै छैन भन्नेमा हो |

हो, लेख्न, भन्न सजिलो हुन्छ | असलमा सबको सहमति जुटाउदै कुनै काम फत्ते गर्न गार्हो छ | तर यहाँ प्रयास र इरादा पनि देखिएन | नेताहरू र राजनीतिक पार्टीहरूको चर्तिकला हेर्दा त सब आफ्ना आफ्ना स्वार्थ र अहममा एउटा सुवर्ण मौकालाई कालो छायामा पारिएको अनुभव हुन्छ | हुँदा हुँदा अब त संविधानका अन्तरबस्तु र प्रावधानको भन्दा सत्ता साझेदारी, शक्ति, र कुर्सीमा अड्केर संबिधान बनाउने काम पिल्सिएको कुरा घाम झैँ छर्लंग हुँदै छ | एउटा संबिधान सभाको हत्या भयो | जनताको रगत पसिनाले तिरेको करले जम्मा भएको अरबौ रुपियाँ पारिश्रमिक स्वरुप सभासदले पचाए | अर्को संबिधान सभाको पनि के तेस्तै हविगत हुने हो ?

होलान् केही इमान्दार सभासदले जो साँच्चै संबिधान बनाउन चाहन्छन्, तर ठूला ठूला टाउके नेताहरू रिसोर्ट र होटेलका बार्तामा ब्यस्त छन् | तर केहि नतिजा आउदैन | मात्र जनताका खल्ती खाली हुँदै छन्, मात्र नेताले भत्ता र सत्ता पाएका छन्, नपाउने त्यसकै पछि लागेका छन् | यदि सबको इरादा एउटा असल संबिधान दिने हो भने, सबको स्वार्थ देश र जनताको पक्षमा हो भने एउटा समान र सामुहिक निचोड त आउथ्यो नै | तर किन यति ठूलो ऐतिहासिक अवसरमाथि खेलाँची गरिदै छ?

२०४७मा पनि संबिधान बनेको थियो | हो त्यो संबिधान समयको माग संगै अब पुरानो भयो होला तर त्यतिबेलाको शक्तिको संतुलन र आवस्यकता अनुसार विज्ञहरूको समन्वयेम एउटा यथोचित संबिधान गम्भिर्यका साथ बनाइएको थियो | अहिले पनि सब बिज्ञहरू, राजनीतक शक्ति, नागरिक समाज र जनताको व्यापक संलग्नतामा जिम्बेवार ठाउँमा रहेका व्यक्तिहरूले एउटा आधुनिक र देश सुहाउँदो, कालजयी, उदहारणीय संबिधान बनाउन गम्भीर हुन आवस्यक छ | संबिधान सभामा भाग नलिएकाले पनि आफ्ना प्रतिक्रिया दिएर प्रक्रियामा आउनु पर्छ, सबका कुरालाई सुन्नु पर्छ र देश र जनताको पक्षमा संसारकै लागि एउटा उत्तम कृति दिने लक्ष राख्नु पर्छ | समय सक्कदै जाँदा अन्त्यमा आलटाल गर्ने अनि झारा टार्ने खालको संबिधान दिने कायदाले अहिलेका नेताहरूलाई इतिहासले कुरा मात्र ठूला गर्ने तर काम नगर्ने पाखण्डीको उपमा दिने निश्चित छ |

Sunday, November 9, 2014

प्रचण्ड र उनका पिछलग्गु नेपालको लागि क्यान्सर

नेपाली राजनीतिमा धेरै नेताको उदय भयो तर प्रचण्ड जस्तो बेइमान र भ्रष्ट कोहि देखिएन | ताजुब लाग्छ , जो मान्छे उच्च स्तरिय राजनीतिक समितिको सभापति हुन त्यत्रो नाटक गर्छ, फेरि उही त्यहि समितिमा कुरा नराखेर अरु बाईस दलको गठबन्धनको नेतृत्व गर्दै देशभर जनता उचाल्दै जनताले अत्याधिक मतले चुनेर पठाएका दुई पार्टीलाई धम्किपूर्ण भाषा प्रयोग गर्छ |

एक त नेपाल जस्तो सानो मुलुकलाइ संघियेता होइन प्रभावकारी विकेन्द्रीकरण चाहिएको छ , तेस्को लागि दश वटै संघ हुनुपर्छ भन्ने फ्यान्तु कुरा गरेर यो कांग्रेस र एमालेको बोलबाला हुँदा संबिधान ल्याउन नदिने बखेडा हो | प्रचण्ड, बैध्य र अरू मधेशबादीलाई सुशील कोइरालाको सरकारले सम्मान गर्दै समावेश गर्न खोजेकै हो | अहिलेको परिवेशमा कांग्रेस र एमाले विशेषज्ञहरूको कुरा सुन्ने अनि देश र जनताको हित हुनेगरी जनतालाई राहत र कानुको राज्य प्रत्याभूति हुने संबिधान दिनु पर्छ | उनीहरूको लागि यो सुनौलो मौका हो |

माओबादीको लज्जाजनक हार पछिको चर्तिकला देख्दा असलमा उसको जनसमर्थन झन् खस्केको कुरामा कुनै दुइ मत नहोला | तैपनि केहि समालोचक सोच नभएका युवालाई पाल पोश गरेर, बुर्जुवा शिक्षा भन्दै बन्चित गराएर, आफ्नो कुरा रटाएर पछि लगाउदै जुन दम्भ माओबादीले प्रस्तुत गर्दै आएको छ तेस्को पनि बिस्तारै अन्त्य हुँदै जानेछ | जनयुद्दको अन्त्यपछि माओबादीको चर्तिकला बाट कति युद्ध लडेका सिपाहीको अब आँखा खुलिसकेको छ अनि घर न घाटको हुने युवाहरू को पनि आँखा खुल्दै छ |

हो, एमाले वा कांग्रेसलाई मेरो हर कुरामा समर्थन छैन, उनीहरूको पनि हरेक क्रियाकालापबाट मुल्यांकन गरिनु पर्छ | सबै नेता कुनै पार्टीका पनि राम्रा छैनन् | माओबादीमा पनि राष्ट्र भक्त र असल नेता छन्, कार्यकर्ता पनि छन् | यदि माओबादी पार्टीले साँच्चै नेपालमा टिकाऊ राजनीति गर्ने हो भने त्यो पार्टीमा प्रचण्ड र उसका अन्धभक्तको अन्त्य हुनु पर्छ |

एमाले वा कांग्रेसले भने जनताको चाहना अनुसार जनताको हित हुने काम नडराई गर्दै जानु पर्छ | देशलाई संबिधान, शान्ति र शुसाशन दिनु पर्छ | माओबादीले जिम्मेवार र प्रजातान्त्रिक मूल्य मान्यता अनुसारको प्रतिपक्ष हुनुपर्छ | झन् झन् द्वन्द बढाउने नीतिले माओबादीको पतन निश्चित छ | एमाले र कांग्रेसले मौकालाई राम्रो सदुपयोग गर्न नसके घुमिफिरी उही माओबादीको हातमा जनसमर्थन फर्कन सक्छ (प्रचण्ड जस्तो व्यक्ति माओबादीमा हावी हुँदा हुँदै चाहिं त्यो सम्भव नहोला ) |

Saturday, November 1, 2014

A few thoughts on current politics of Nepal

I am very skeptic that the new constitution that is being promised to be delivered pretty soon in Nepal is really going to be delivered anytime soon. Although this may sound banal, what a shame to the political parties!

The first constitution assembly got dismissed as the parties failed to come to consensus and it was a major blow to the hopes of Nepali people. The second one is also on the verge of failure, even with a major shift in balance of power from higher weight of Maoists to now a Nepali Congress and UML coalition.

I personally think Maoist's demand for breaking the country into many states is foolish. I do think Nepal needs decentralization (a real one) but that can be done with existing structure of the nation, five development zones. Just a true implementation is lacking. The idea of breaking the nation into many states and having separate parliaments and all is just beyond my comprehension. Nepal is so small, we do not need all of that.

So, now that all the major parties are ready for re-structuring anyways, my wish is that they keep the number of states to a minimum. The only optimistic side for me is that the new structures may bring some freshness and enthusiasm to move forward. However, the new structures have to be efficient and they should reduce burden on the nation and its people.

On the issue of election of the executive, I like the idea of direct election from people, whoever is the executive, be it the president or the prime minister. The idea of the parliament electing the executive sounds senseless looking at the history of instability of governments in Nepal. On this issue, Maoists have it right. However, UML who earlier was in favor of direct election of the executive during the elections is now backing out.

I understand that the direct election could present a danger of a party getting elected once and it using the power of state to influence other elections to hold on to that power. However, that is a separate issue which has to be checked and balanced by opposition and the citizens. The idea in itself is good and necessary in the context of Nepal. Direct election of executive ensures stability of governments and helps in doing some actual work during the tenure of the government. Unlike now, where governments could change every six months and everything is focused only on how to keep the government stable or to bring it down. Even under direct election system, if things are going extremely wrong, there will be provisions to impeach the executive. And, the laws would be made by parliament anyways.

On the issue of Madhesh, janajatis, and ethnic groups, we have to be inclusive and sensitive in shifting power to actual people in the grassroots. We also have to respect everyone's rights to non-violently and freely express their dissatisfaction toward the status quo. This is not going to happen if we only follow the political rhetoric of dishonest politician like Pushpa Kaml Dahal aka Prachanda, who has a history of leading the rebellion army primarily consisting of ethnic groups and using them violently to get to power and compromise anything for his own gain of power.

Look what 10 years of Maoists insurgency has accomplished? Yes, it may have had some positive impact on few changes that occurred, but who knows, they could have happened in the course of time themselves. As we don't know the counter-factual, we can only see what has happened. And it is safe to say that the country has moved backwards 50 years due to the Maoist insurgency. And now their obsolete theory of dividing the nation into many states with ethnic themes in the name of decentralization shines their sheer stupidity. Look what a mess they have created in politics of Nepal, even their own party has split into many parties, and the so called mainstream Maoist party has multiple factions. Were they not the ones who sacrificed thousands of innocent Nepali people's life in the name of change? If they were able to induct, unite and mobilize that kind of army; why can't they unite in true interest of Nepal. It does sound fishy doesn't it? Because it's not about country or the people; guess what? Its all about THEMSELVES.

Now this doesn't spare other parties either. They do not get vindicated easily. They have their own splits and self-centeredness. But, at-least they didn't wage a war that pushed the nation backwards. Now, not one party is correct in all issues. Not one person. We, the people have to be critical and decide what is appropriate for us. What is a common sense solution? What is a rhetoric and what is of substance? What do technocrats say? What is being decided by us and what is being imposed on us?Then we have to pressure our politicians to do the right thing (many times, the best among options - when there is no right or wrong).

For politicians, now is the time for them to deliver a constitution that is in interest of Nepal and Nepali people. If not now, when?

May we see a constitution soon and a Nepal moving fiercely towards development and prosperity. That is always my hope although I am guilty myself of leaving Nepal and spending the most productive years of my life abroad. However, I do this for my own self-interest without promising anyone anything. If things were different in Nepal, I am not sure I would have ended up abroad in the first place. But let's not get into hypothetical situations!

Wednesday, November 20, 2013

माओबादी, कांग्रेस, एमाले तथा अरू पार्टीलाइ मेरो सल्लाह

मेरो कुरा कसैले सुन्ला नसुन्ला तर नेपालको नागरिकको नाताले अहिलेको परिवेशमा, माओबादीहरुलाई मेरो सल्लाह यसप्रकार छ |

१. हारलाई सहर्ष स्वीकार गर | जंगली प्रवृति नदेखाऊ |

२. फेरिपनि बन्द, तोडफोड, सडक तताउने कुरा नसोच, बैद्यले गर्दाखेरी जसरी कसैले साथ दिएनन्, तिमीहरूले गर्दा पनि अब साथ पाउदैनौ ! नेपालमा अब बन्द हड्ताल गर्नेहरू आफै सकिनेछन! नेपाली जनतलाई तेस्तो मन पर्दैन !

३. संबिधान कस्तो बन्छ त्यसमा ध्यान देउ, संबिधान बनाएर चाडै अर्को चुनाब (संबिधान सभाको होइन, संसदीय जस्तो) गर्ने तिर जोड गर |

कांग्रेस, एमाले तथा अरू पार्टीलाइ मेरो सल्लाह

१. अझै पनि मिलेर, सहमतिमा (बिशेष त कांग्रेस, एमाले ), सबैलाई समावेश र शक्तिको सन्तुलन हुनेगरि सरकार बनाऊ |

२. खेल हारिसकेपछी नियम मान्दिन भन्नेहरूलाई तह लगाउन सक्ने नेतृत्व देखाउन सक |

३. संबिधानलाइ प्रमुख मुद्धा बनाएर देशलाइ शान्ति र स्थायित्वतिर लग |

यति गर्न सक्यौ भने नेपाली जनताको धन्यवादको पात्र हुने छौ ! नेपाली जनताले त जित्छन जित्छन , तिमीहरूले पनि फेरि जितौला अहिले हारेकाले पनि अर्को पल्ट जित्ने मौका पाउला |

Sunday, November 17, 2013

Maoists, Second Constituent Assembly Election and Nepal

Only seven years ago, Nepal was still going through a civil war from the Maoist insurgency. The civil war started in 1996 as a small movement that had many legitimate but impractical demands imposed to then existing government led by Sher Bahadur Deuba. Demands were impractical mainly because of the political climate and capacity of the nation at that time. Many demands like new constitution, removal of special privileges of monarchy, declaring nation a secular state were impractical at the time. As situation changed in Nepal, demands like those became more feasible by the time the civil war ended in 2006.

The civil war was harsh on people because of violence it inflicted to generally peaceful country and countrymen, from both sides, existing governments and the rebels. It devastated the general peaceful feel of the country and left a deep wound into the collective consciousness of people, making the news of violence a common thing.  The war was fought with a lot of conviction especially by the rebels because they stayed the same while the government, the other side, frequency changed. As the Maoists came to a dialogue, they signed a 12 point agreement in 2005 and a comprehensive peace agreement on 2006. Then a cease-fire had begun and Maoist’s slowly started normal politics.

 After coming to the mainstream politics, they participated in election of first constituent assembly, integrated their army with Nepal army. However due to major conflicts in how the peace process was getting concluded a significant subset of Maoists split from the Unified Communist Party of Nepal (UCPN) to form Communist Party of Nepal – Maoists (CPN-M) led by Mohan Baidya Kiran. Both of them claim that they are more authentic representatives of the spirit of revolution they brought about. They also claim that they are more people-serving and patriotic than the other.

Who do we believe? Well, hopefully they both are right, especially about being people-serving and patriotic. However, the way they have conducted themselves in recent times have given us an opposite impression. First and foremost, they have become their own enemies. Prachanda fears that he may get assassinated from Baidya camp and Baidya camp points to Prachanda as the main villain of time, a sign of dangerous politics budding in Nepal.

With the demise of first constituent assembly and the nation conducting a second election in few days, Prachanda deliberately played major role in keeping Baidya out from election bandwagon. This shows that Prachanda is more concerned about strengthening his party rather than social harmony and confidence of peace in country. It is unfortunate that leaders of other parties are always outsmarted by cunning Prachanda. How come the other parties did not take a stand to bring Baidya into election no-matter-what? That would benefit all other parties and weaken Prachanda, more than that it would have prevented all the strikes, petrol bombs, and mad outbursts of feeling-ignored Baidya alliance; a clear win for the nation.

Yes Baidya and his alliance had a voice, they are stakeholders born out of insurgency, a group that cannot be ignored, and special situations like elections should have been all inclusive to ensure a smoother path of constituent making in days to come. However, in recent days, calling for prolonged strikes and hurling petrol bombs that hurt innocent people, they have shown that they would go back to violent means to make their voices heard again. That is foolish of them. But it is the wise ones that have to fear the fools. All Baidya wanted was a seat in table and inclusion in the election government. So a little bit of power sharing would have solved any chant of ideological fissures that Baidya is claiming. All the sweet talk and the theories are just ploys to get to power by a hook or a crook.

With constituent assembly almost taking place, let’s hope that a country will get a good outlet out of recent crisis, that the Baidya faction will give up violent means, come to terms with their error in tactics due to stubborn and impractical demands, and the country will be able to quickly form a new government and focus on making a constitution. Baidya can play constructive role being non-violent but raising issues from outside as he is still likely to get a lot of attention. Moreover, if the four parties go back to dirty politics and keep country in uncertainty and turmoil, Baidya may be able to get more support in future. And politics in not a short race, it’s a long marathon.

The previous constituent assembly was not able to deliver a constitution even though all parties had enthusiastically participated. The partition politics and bickering after the election of first constituent assembly lead to its own demise four years later. It is important that leaders be more accepting, power-sharing, and understanding of other points of views this time around. Especially when it looks like that no party will gain majority; power sharing, stable coalition and consensus are the only way out.

May the best candidates win the election. Hopefully, we will be able to see a new constitution, stable government, and a prospering Nepal soon. A Nepal where, matters of health, economics, and infrastructure development are first priorities of all politicians rather than the games of power (Believe me this is less optimistic than John Lennon's Imagine!).

Sunday, November 10, 2013

बन्द हडताल सम्बन्धि लागेका कुरा

आउँदो साता हुने संविधानसभाको चुनाव वहिष्कार गर्ने घोषणा गरेका नेकपा-माओवादीको गठबन्धनले सोमवारदेखि मतदानको दिनसम्म १० दिनसम्म आम हडताल गर्ने घोषणा गरेको थियो। तर सबैतिरबाट विरोध र आलोचना भएपछि उसले पहिलो दिन आम हड्ताल र बाँकी दिन यातायात मात्र बन्द गराउने निर्णय गरेको छ। यसैबीच नेपाल उद्योग वाणिज्य महासंघले  बन्द-हडतालको अवज्ञा गर्ने निर्णय गरेको छ ।

बन्द हडताल गर्ने गराउनेलाई निरुत्साहित गर्न गरिएका सबै कदम राम्रा हुन् । यसले जनतालाई दु:ख दिनबाट बचाउछ । हालको बन्द हड्ताल बिरोधि माहोल सधै कायम रहोस र बन्द हड्तालजस्ता पछौटे, जनतालाई दु:ख दिने कार्यक्रम अब नेपालीहरूको चेतनासामु टिक्न नसकोस भन्ने आशा गर्दछु ।

अर्को कुरा के भने अहिले  नेकपा-माओवादीको गठबन्धनले गर्न खोजेको  बन्द हड्ताललाई सबले बिरोध गरेझैँ अबदेखि जुन कुनै पार्टी वा समुहले बन्द हड्ताल गर्दा पनि तेस्तै बिरोध र रिरुत्साहित गर्ने काम होस् । अहिलेका मुख्य चार पार्टीले पनि अबदेखि आफुले पनि कहिल्यै बन्द हड्ताल नगर्ने बाचा गर्न सकुन । होइनभने अरुलाई एउटा मापदण्ड, आफुलाई अर्को गर्ने खाले प्रवृति गलत हुनेछ । नेपाली जनतालेपनि अब कसले बन्द हड्ताल गर्छ तेस्ता पार्टी र समुहको मौका परेको बेला धज्जी उडाउन सक्नु पर्यो ।

बिरोध गर्ने राम्रो संस्कार बसाल्नु पर्यो । जताबाट पनि जनतालाई नै दु:ख हुने, साँढेको जुधाई बाछाको मिचाई हुने संस्कृतिको अन्त्य गर्नु पर्यो ।