Flowers | फूलहरू | ||||||||
Is it their fault | हरेक फूल | ||||||||
flowers want to bloom | आफ्नै तरिकाले फक्रिन खोज्छन् | ||||||||
their own way? |
तिनको के भूल छ ? |
||||||||
Even if they err, | भूलनै भएपनि | ||||||||
they will reform | प्रकृतीको खेलसँगै | ||||||||
with nature's play. |
भूल सप्रने छन् |
||||||||
Not letting flowers | फूलहरूलाई | ||||||||
bloom their own way, | आफ्नै तरिकाले फुल्न नदिने | ||||||||
where in nature | प्रकृतीमा कहाँ तेस्तो | ||||||||
is such a display? |
निर्दयी उसूल छ ? |
||||||||
Flowers grow | हरेक फूलको | ||||||||
from their own fountain. | आफ्नै मूल हुन्छ | ||||||||
If forced to be uniform, | फूलहरूलाई एकैनास बनाउन खोजे त | ||||||||
variation will dissolve in unison; | विविधता आफैमा घुल्छ | ||||||||
beauty will see its ruin. | सौन्दर्य लुथ्रुक्क झुल्छ | ||||||||
Where will bees then roam? |
अनि माहुरी कहाँ डुल्छ ? |
||||||||
Flowers have their own DNA, | फूलहरूको आफ्नै डि.एन.ए हुन्छ | ||||||||
compelling flowers to bloom a certain way | एकै तरिकाले मात्र फुल्न बाध्य पार्ने व्यहोराले त | ||||||||
is letting in vile passion | ह्वाङ्ग खुल्ला ढोकाबाट | ||||||||
through a gaping doorway. | पापी पक्षपात हुल्छ |
Friday, August 21, 2015
Flowers / फूलहरू
Saturday, August 8, 2015
कुर्दा कुर्दा काँडा पनि फुल्न पुगेछु
पहिलो भेटमै उनीसँग खुल्न पुगेछु
थाहै नपाई उनलाई मनमा हुल्न पुगेछु
सपना कि बिपना हो होश गुमाएर
मात्र उनकै वरिपरि डुल्न पुगेछु
उनी भईन् पराई अनि गईन् धेरै टाढा
अझै पनि उनकै यादमा झुल्न पुगेछु
दिन हप्ता महिना बर्ष दशक बिते पनि
सम्झी सम्झी आफूलाईनै भुल्न पुगेछु
उनी एक गुलाब थिईन् म एक काँडा
कुर्दा कुर्दा काँडा पनि फुल्न पुगेछु
थाहै नपाई उनलाई मनमा हुल्न पुगेछु
सपना कि बिपना हो होश गुमाएर
मात्र उनकै वरिपरि डुल्न पुगेछु
उनी भईन् पराई अनि गईन् धेरै टाढा
अझै पनि उनकै यादमा झुल्न पुगेछु
दिन हप्ता महिना बर्ष दशक बिते पनि
सम्झी सम्झी आफूलाईनै भुल्न पुगेछु
उनी एक गुलाब थिईन् म एक काँडा
कुर्दा कुर्दा काँडा पनि फुल्न पुगेछु
Labels:
Gajal,
Ghajal,
Ghazal,
Kabita,
Kavita,
Nepal,
Nepalese Literature,
Nepali,
nepali kabita,
Nepali Literature,
Nepali Poems,
Nepali Poetry,
nepali sahitya,
Sahitya,
Santosh Lamichhane
Subscribe to:
Posts (Atom)