Showing posts with label Gajal. Show all posts
Showing posts with label Gajal. Show all posts

Saturday, August 8, 2015

कुर्दा कुर्दा काँडा पनि फुल्न पुगेछु

पहिलो भेटमै उनीसँग खुल्न पुगेछु
थाहै नपाई उनलाई मनमा हुल्न पुगेछु

सपना कि बिपना हो होश गुमाएर
मात्र उनकै वरिपरि डुल्न पुगेछु

उनी भईन् पराई अनि गईन् धेरै टाढा
अझै पनि उनकै यादमा झुल्न पुगेछु

दिन हप्ता महिना बर्ष दशक बिते पनि
सम्झी सम्झी आफूलाईनै भुल्न पुगेछु

उनी एक गुलाब थिईन् म एक काँडा
कुर्दा कुर्दा काँडा पनि फुल्न पुगेछु

Sunday, January 25, 2015

अब फेरि मर्नु परेन

मनको कुरो मनलेनै विश्वास गरेन
अरुको त के आफ्नै पनि भर पर्नु परेन

पतन भएर पातालमा बजारिएछु 
अनि त त्यो भन्दा तल झर्नु परेन

छताछुल्ल भएछन् कल्पना फुटेर
त्यसपछि टुक्राहरूबीच आशा छर्नु परेन

बिपनामा भासिंदा सपनाले साथ छोडेछन्
आहा जीवनमा नियोजित केही गर्नु परेन

ऐना हेर्दा अरुनै कोही नौलो देख्छु
एउटा आफू मरिसकेछु अब फेरि मर्नु परेन

Saturday, December 27, 2014

म हर जुनीमा तिमीलाईनै चुन्छु

तिमीसँग बाँच्न पाईन, अब म जीवनभरी एक्लो हुन्छु
तिमीसँग हाँस्न पाईन, अब म जीवनभरी हरदिन रुन्छु

आँखा खुलेर के भो ? मनले हेर्न नचाहने अन्धो भएको छु
आँखा वारिपरिका हरचिज आजकल आँशुले धुन्छु

झर्न खोजिरहेको एउटा रुखको सुकेको हाँगा भएको छु
किन यस्तो सजाएँ मलाई भन्दै सासलाई सासैले थुन्छु

बेहोश, अचेत अनि अचल एउटा लाशझैं भएको छु
तैपनि ब्यूँझन्छु बेलाबेला, जोड जोड आफ्नो ढुकढुकी सुन्छु

टुट्ने छु, फुट्ने छु, गन्तब्यहीन भएर सधैं भौतारिनेछु
मिलन नभएर के भो? म त हर जुनीमा तिमीलाईनै चुन्छु

Saturday, September 27, 2014

खुट्टाहरू चुँडिएको माकुरो

उसले भौतिक सुखका होइन आदर्शका शब्द कहेछ
अनि पो दहिपछि खाएको पानीझैं खल्लो हुँदै गएछ

नाम र शक्तिको पछि लाग्न छोडेर
आफ्नै बदनामी पनि सहर्ष सहेछ

सोच र सिद्धान्तलाई मात्र च्याप्न छोडेर
आफ्ना भावनामा पनि मनखुस बहेछ

ऊ अरू जस्तो हुन नखोज्ने आफ्नै संसारमा रमाउने
अरुको नजरमा ऊ त कसैले नबुझ्ने पागल रहेछ

संसार जकडिएको सामाजिक जालो
ऊ चाहिं खुट्टाहरू चुँडिएको माकुरोझैं भएछ

Spider with its legs plucked off by Santosh Lamichhane










P.S. I wish I knew how to draw well ;)

Tuesday, April 8, 2014

नसोध मलाई, आज किन होशमा छौ ?

माया बाँधिनुअघि विश्वासको डोरी फुकेछ
मैले पत्र लेखेपछि उनको कलमको मसी सुकेछ

उनलाई जित्न हरथोक हारेथें
परिबन्धले उनकोसामु पनि शिर झुकेछ

साँचो प्रेम ढाकिदैन भन्थे
तर साक्षी बस्ने समयनै कतै लुकेछ

समाजको नियम पनि कस्तो, सपनामा
मेरो लाश छुन पनि उनको हात रुकेछ

नसोध मलाई आज किन होशमा छौ
साथ दिने मदिरा पनि आजै चुकेछ

Sunday, March 30, 2014

तिम्रो धड्कनको तालसँग

तिम्रो धड्कनको तालसँग सास फेर्न चाहन्छु
अँगालोमा तिमीलाई हरपल बेर्न चाहन्छु

अतीत र भविष्य बिर्सी, खुसी छौं मिलनमा
यो पललाई वर्तमानले मात्र घेर्न चाहन्छु

समाजले उल्फत गरेर के भो? तिमी त मेरो साँचो प्रेम
तिम्रोलागि सिर्फ मनको कुरा टेर्न चाहन्छु

तिमीसँगको एक पल पनि मेरो ठुलो प्राप्ति
हजार समस्या र चुनौती मस्तिष्कबाट केर्न चाहन्छु

बिर्सेर आज हरथोक, बिपनामै
सपना र कल्पनाका कुरा हेर्न चाहन्छु