Thursday, August 22, 2013

माया गर्न थालिसकेछु अब छोड्न सक्दिन

आँखा तिमीमा परिहाल्यो अब मोड्न सक्दिन
तिमी बाहेक अरुसँग माया जोड्न सक्दिन

मस्तिष्कभरी तिम्रै दृश्य घुमिरहन्छ आजकल
आफ्नो टाउको आफैले ठोकेर फोड्न सक्दिन

धेरै मुटुका फुलबारीमा माया रोप्न खोजें
तिमी बाहेक अरुकुनै फूल गोड्न सक्दिन

तिम्रै हुन्छु जीवनभर भनेर कसम खाको छु
आफ्नो बाचा नमरुञ्जेल अब तोड्न सक्दिन

तिमी माया गर या नगर , म त तिमीलाई
माया गर्न थालिसकेछु अब छोड्न सक्दिन

No comments:

Post a Comment