Friday, August 9, 2013

यी शब्दको भाउ पनि दुई पैसा तोकिदिए


माया गर्छु भन्नेले मुटुमा प्वाल खोपिदिए
हितौषी मानेकाले ढाडमा छुरा रोपिदिए

यस्तो गर्छु उस्तो गर्छु भन्नेहरू धेरै थिए
हात बाँधी सुती सुती गफमात्र ठोकिदिए

खुराफाती जम्मा भए स्वार्थका सल्लाह भए
इमान्दारका कुरालाई छलले छोपिदिए

युग आए युग गए धर्मात्मा हुँ भन्ने भए
तिनलेनै अध्यात्मामा दुष्ट मन चोपिदिए

गेडी छन्जेल आफ्ना रहे नहुँदा टेडी भए
सुक्नला घाऊमा पनि काँडैकाँडा घोपिदिए

अरुका भाव फाल्तु पाए अफ्नाको जय गाए
यी शब्दको भाउ पनि दुई पैसा तोकिदिए

No comments:

Post a Comment