Friday, August 9, 2013

आफ्नो मुटुमा प्रेमीको वास जमायौ तिमीले


आधा जिएपछि मेरो हात समायौ तिमीले
अटुट माया पाएर आँसु थमायौ तिमीले

शरीरको सुन्दरतामै शान मान्दै उहिले
उपेक्षाका अगुल्टाहरूले डमायौ तिमीले

जिन्दगी हरपल सुख भन्नेसम्झी हिंड्थ्यौ
अरुसँग मात्र खुशी खोज्दै रमायौ तिमीले

भमराहरू घुम्दै गर्दा होश सबै गुमायौ
बदनाम पनि सबैतिर कमायौ तिमीले

धरातल भासिएपछि भान भएर होला
ढुकढुकीलाई भावनाले छमायौ तिमीले

आखिरमा अजम्बरी माया गर्नेलाई चिनेर
आफ्नो मुटुमा प्रेमीको वास जमायौ तिमीले

No comments:

Post a Comment