केही दिन अघि ( डिसेम्बर ४) स्वर सम्राट नारायण गोपाल यस लोकबाट बिदा भएको २३ बर्ष पुगेको थियो | वहाँका गीतहरू मलाई सार्है मन छुने लाग्छन् | तिनमा स्वर र संगीत मात्र राम्रो नभएर शब्द पनि गहिरा र वजनदार हुने गर्छन् | वहाँको सम्झना गर्दा आज एउटा गीत लेख्ने मन लाग्यो | एउटा सानो प्रयास तल पेश गरेको छु |
जब डुब्छु कल्पनामा
यथार्थलाई थाती राखी जब डुब्छु कल्पनामा
तिमी र म प्रेम गर्छौं देखे जस्तै सपनामा
त्यतिबेला भावनाले निखार्दिन्छन् मनका भय
अनि तिम्रो सम्झना बन्छ तनको मधुर लय
प्रतिबन्धहरूबीच बिपनामा म एक कैदी सही
कल्पनामा सम्बन्ध गाँस्न मलाई छैन मनाही
भन्नेहरुले भनिरहुन् है तिमीलाई म पाउन सक्दिन
तर्कनाको बाटोगरी तिम्रो आलिङ्गनमा म आउन रोक्दिन
फलाक्नेले फलाकुन है म हारको दृष्टान्त भनेर
मेरो चित्तमा हर हार जल्छन् जीतका राप बनेर
यथार्थलाई थाती राखी जब डुब्छु कल्पनामा
तिमी र म प्रेम गर्छौं देखे जस्तै सपनामा ||

No comments:
Post a Comment