Friday, October 30, 2015

तिमीसँग मीठो माया बसाउँ कसरी ?

बाटेको छु प्रीतको डोरी कसाउँ कसरी ?
तिमीसँग मीठो माया बसाउँ कसरी  ?

आकासले धर्तीलाई हेरे झैँ हेरिरहन्छु
आखाँ मतिर मोडछेऊ कि भनेर कुरिरहन्छु
आँखा जुद्धा गर्मी चढ्छ बताउँ कसरी ?
घामले झैँ तिमीलाई पनि तताउँ कसरी ?

सोच्छु फूलझैँ फक्रिएर खुल्न पाए हुन्थ्यो
मायाको प्रस्ताब एक पल्ट राख्न पाए हुन्थ्यो
बतास झैँ चञ्चल छ मन जताउँ कसरी ?
तिमीमा पनि यही हाल सारी सताउँ कसरी ?

बाटेको छु प्रीतको डोरी कसाउँ कसरी ?
तिमीसँग मीठो माया बसाउँ कसरी  ?

No comments:

Post a Comment