Saturday, December 27, 2014

म हर जुनीमा तिमीलाईनै चुन्छु

तिमीसँग बाँच्न पाईन, अब म जीवनभरी एक्लो हुन्छु
तिमीसँग हाँस्न पाईन, अब म जीवनभरी हरदिन रुन्छु

आँखा खुलेर के भो ? मनले हेर्न नचाहने अन्धो भएको छु
आँखा वारिपरिका हरचिज आजकल आँशुले धुन्छु

झर्न खोजिरहेको एउटा रुखको सुकेको हाँगा भएको छु
किन यस्तो सजाएँ मलाई भन्दै सासलाई सासैले थुन्छु

बेहोश, अचेत अनि अचल एउटा लाशझैं भएको छु
तैपनि ब्यूँझन्छु बेलाबेला, जोड जोड आफ्नो ढुकढुकी सुन्छु

टुट्ने छु, फुट्ने छु, गन्तब्यहीन भएर सधैं भौतारिनेछु
मिलन नभएर के भो? म त हर जुनीमा तिमीलाईनै चुन्छु

No comments:

Post a Comment