Wednesday, December 24, 2014

नजिक आउँदा तिमी अलौकिक आभा छरेर जान्छेऊ

नजिक आउँदा तिमी अलौकिक आभा छरेर जान्छेऊ
आँखाका आश्रममा हुँदा सुमधुर सम्झना भरेर जान्छेऊ

अर्चानीय एक देवीको आभास दिलाएर जान्छेऊ
मुस्कानको झरना माछालाईझैँ पिलाएर जान्छेऊ

कोमल नयनका कान्तिले उज्यालो बनाएर जान्छेऊ
आकर्षणको करेन्टले पुरै शरीर झन्झनाएर जान्छेऊ

मीठा बातले मेरो ब्रम्हाण्डमा रहरहरू जगाएर जान्छेऊ
आत्मियता अवतरण गराई दुविधाहरू बगाएर जान्छेऊ

छुट्टिने बेलामा फर्केर एकपल्ट पुलुक्क हेरेर जान्छेऊ
मेरो मुटुलाई पनि आफूसँगै आँचलमा बेरेर लान्छेऊ

नजिक आउँदा तिमी अलौकिक आभा छरेर जान्छेऊ
आँखाका आश्रममा हुँदा सुमधुर सम्झना भरेर जान्छेऊ

No comments:

Post a Comment