Saturday, December 20, 2014

जिन्दगीले जिन्दगीलाई सधैं माया गरिरन्छ

मन भित्र कल्पनाले मीठा कुरा गरिरन्छ 
यथार्थमा आँखाबाट तप् तप् आँशु झरिरन्छ 

मुटुलाई के थाहा ऊ त सपना छरिरन्छ  
छरिएको सपना भने नउम्रदै मरिरन्छ  

एउटा सुख नसक्किदै अर्को दु:ख परिरन्छ
सोचे जस्तो सुन्दर संसार समयसँगै सरिरन्छ

जे भएनी भावनाले उमंगचैं  भरिरन्छ
रङ्गहरूको बगैचामा जिन्दगानी चरिरन्छ

आक्कल झुक्कल देखा पर्ने दुर्घटना टरिरन्छ
साहसका पुलहरूले अप्ठ्यारा पल तरिरन्छ

निराशालाई आशाहरूले एक एक गर्दै हरिरन्छ 
जिन्दगीले जिन्दगीलाई सधैं माया गरिरन्छ

No comments:

Post a Comment