Sunday, August 4, 2013

Gajal from a Guest : सबैलाई आफ्नै चटारो छ यहाँ

Recently I have been reading a lot of gajals from various sources, trying to learn the art of writing it. I came across many good ones. Not by renowned authors whom I had known earlier but by simple folks writing them just for the shake of sharing with friends on online platforms. I believe that there are no great poets or gajalkars, just great poetry or gajals. Anybody can write a good poem or a gajal or a literary piece, and even so called great poets or gajalkars can write mediocre ones. Anyways I am sharing one written by Prakash Bhabuk (Prince Prakash) of Kadaghari, Gothatar, Kathmandu (with his permission). I will post more good ones from others  if I get permissions.

सबैलाई आफ्नै चटारो छ यहाँ

-प्रिन्स प्रकाश, काँडाघारी, गोठाटार, काठमाडौ

बोली र वचन नै साह्रो छ यहाँ
सबैलाई आफ्नै चटारो छ यहाँ ।

माग्नेले मागिदे भैहाल्छ थोरै,
पुर्‍याउन कति गाह्रो छ यहाँ ।

जसले खसाल्छ बोलेकै भरमा,
दहीचिउरे पनि प्यारो छ यहाँ ।
  
गरेको देखिसहन्नन् कसैले,
सबैको आँखाको तारो छ यहाँ ।

बाँकी नै के छ र गर्न सडकमा,
नहिँड्नू धुलो र छारो छ यहाँ ।

तर्केर हिँड्छु म पनि अचेल,
मेरो त धेरै उधारो छ यहाँ ।

कसले भन्छ र गर्दिनँ विकास,
गर्नेलाई ठूलो तगारो छ यहाँ ।

Prakash has his own blog here: http://www.dearprakash.blogspot.com/

Friday, July 26, 2013

माया त खिया लागेको खुकुरी पो भएछ

माया त खिया लागेको खुकुरी पो भएछ 
मुटु भने झुण्ड्याएको सुकुटी भएछ 

नसोध अचानोसँगको भेट कस्तो हुन्छ
रहरहरू सिर्फ दापमा कैद भएछ 

बिर्सिएछ जोशिएर  ठोक्किनु कस्तो हुन्छ
उमङ्ग त लड्या लडै अशक्त पो भएछ 

आँखा वरिपरी अन्धकार बादल घुम्छ 
आशा त दिनानुदिन निसासिंदै गएछ

मक्किएर दापपनि एकदिन त झर्छ 
खियाले त खुकुरीनै  छिया छिया भएछ 

Sunday, July 21, 2013

हो, म हर रात टिल्ल हुनेगरी पिउने गर्छु

हो, म हर रात टिल्ल हुनेगरी पिउने गर्छु
बाँकि रहेको जिन्दगी छिटो छिटो जिउने गर्छु

आँसु नझारी भक्कानिएर धुरु धुरु रुने गर्छु
दु:ख र पीडालाई  रक्सीलेनै धुने गर्छु

उनको माया नपाईकन म त अब जिउन सक्दिन
उनी जसको भए पनि म अरु कसैको हुनै सक्दिन

जीवन जगत संसार अब मेरा लागि हुँदै होइन
एउटै वियोग काफी भयो घाउ भरिने आशै छैन

म देखि मृत्यु डराओस् मलाई कुनै डरै छैन
आज हो कि भोलि अन्त्य मेरो कुनै भरै छैन

हो, म हर रात टिल्ल हुनेगरी पिउने गर्छु
बाँकि रहेको जिन्दगी छिटो छिटो जिउने गर्छु

Saturday, July 13, 2013

भानुभक्त अनि पारिजातहरू




साहित्यको आकाश उदायमान
घाँसीका साथी
निराशाकी रानी
भानुभक्त अनि पारिजात
तिमीहरू मोतिरामहरूका मात्रै होइन
धेरै नेपालीका मुटुमा छौ

जबसम्म बिहानीको उदय हुनेछ
तबसम्म भानुको योगदानको चर्चा हुनेछ
जबसम्म रातको अँध्यारो रहनेछ
तबसम्म पारिजातका शिरिसका फूलहरू फुल्नेछन्

भानु अनि पारिजात
तिमीहरूको सम्झनामा
मैले मात्र होइन्
तिम्रा कृतिका हरेक पाठक पारखीहरूले
तिमीहरूलाई मुटुभरि सँगालेर राखेका छन्
तिमीहरूले राखेका एक एक इटाहरू
आज घर बन्दै गइरहेका छन्

हे आदिकवि अनि
हे पहाडकी छेकुडोल्मा
बुझिराख तिमीहरूको शुरुवातले
धेरैको पाखुरामा उत्साह र प्रेरणाको सुइ लगाइएको छ
तिमीहरूले रोपेको अनि गोडेको वृक्ष
आज धेरैबाट जल पाएर
विकसित भाषाको
जीवन्त साहित्य संसारमा
अक्सिजन फ्याँकिरहेछ

भानुभक्त अनि पारिजातहरू
तिमीहरूप्रति हामीहरू
कृतज्ञ छौं ।
तिमीहरूप्रति हामीहरू
कृतज्ञ छौं ।

Thursday, June 27, 2013

Is there a ‘Free Will’?

A silent mind is a thousand times better than a thinking mind, so I would like to avoid this question so much. However, my body and mind are also conditioned to think and I still cannot dissolve thoughts, that I do not want to pursue, at the moment of arising and pondering. It is because I am not fully aware at every moment of arising of thoughts.

I think there is a free will to choose our actions. We can make decisions about what to do at the moment of arising of a thought. Whether to act or not act according to a thought is at will of our mind. But there is a caveat, that ‘will’ to perform certain action can be attributed to mind only if we are fully aware at that moment.

Sometimes, thoughts arise in mind and we ponder or take some actions without being fully aware. What happens there? Thoughts come to us and we perform actions without being aware. In such cases, we cannot say we exercised our will because we were not aware. Then who decided for us to do stuff without us being aware? Something for more thinking.

One area where I think we do not have free will is on what thoughts come to our mind. In fact, we can never tell what thoughts will come to us in next 20 minutes or tomorrow morning. Yes we have free will to pursue the thought or reject it at arising if we are fully aware at that moment. But the arising of various thoughts themselves, that we do not have control over. We cannot originate a thought because that would be thinking inside thinking. So, we rely on thoughts that come to us. And what thought comes to us when is not something we can choose.

I do think that it benefits us if we are fully aware as much as we can so that we can dismiss ‘bad‘ thoughts and pursue ‘good’ thoughts. This may lead us to good karma. Good karma in turn may lead to good results and even better thoughts coming to us. May be meditation, good food, exercise, service to others, charity, etc also help in bringing good thoughts? May be we should watch, listen, and say only good things so that only good thoughts come to us. That way, even if we cannot be aware all the time to accept or reject a thought, ensuring that only good thoughts are coming to us will help? Who knows?

Enough thinking already!

Thursday, June 13, 2013

नेपाली साहित्य, विस्कनसिन, म्याडिसनको एउटा डेराबाट !

     म्याडिसनमा नेपाली साहित्यमा रुचि राख्ने दुइचार साथी मिलेर हरेक तिन तिन महिनामा  कोठे कवि गोष्ठी गर्ने प्रचलन  छ । यो प्रचलन सुरु गर्ने श्रेय आदरणीय दाजु दिनार श्रेष्ठ, जो कवि, लेखक, अनि नेपाली  साहित्यका अनुरागी  हुनुहुन्छ,  उहाँलाई जान्छ । यो गोष्ठी पालै  पालो गर्ने क्रमःमा केहि हप्ता अघि मे २६, २०१३, आइतबारको दिन मेरो डेरामा आयोजना भएको थियो ।


     मेरी आमा, मेरी जीवनसाथी बिन्दु अनि  म कार्यक्रमको लागि भोजन तयार गर्न बिहानैदेखि लागिपरेका थियौं । मेरी पन्ध्र महिनाकी छोरी काव्या  लामिछानेले भान्सामा सहयोग त गर्न सक्ने त कुरै भएन तर कैले के पोखिदीएर, कैले के छरिदिएर, भान्साको काम सारै रोचक बनाउने गर्छिन् | हाम्रो परिवारसंग नजिक बहिनी डा समी खनाल, जो कार्यक्रममा श्रोता भएर सहभागी थिईन, उनले कार्यक्रमको लागि खाजाको तयारीमा पनि निकै सहयोग गरिन् |


     कविता भन्ने मात्र होइन कथा, गीत, चुटकिला या अन्य कुनै रोचक सामग्री प्रस्तुत गर्ने, अनि सुन्न इच्छा राख्नेमात्र पनि सहभागी हुने कार्यक्रमको चलन छ  | आफैले लेखेको कविता भन्नेहरूमा अविमन पसछें, आविस्कार भारती, दिनार श्रेष्ठ र म थियौं | डा नरेन्द्र थापा दाईले कसरी आफु कलेज पढ्दा आफ्नो एउटा साथी प्रेममा परेर कविता लेख्न थाल्यो भन्ने किस्सा सुनाउनु भयो | डा राकेश मण्डल दाईले गितार बजाएर गीत सुनाउनु भयो | सुरेन्द्र प्रजापती भाईले गणितीय हाजिर जवाफ ढाचाको प्रश्न सोधेर सबको मन जित्नुभयो | बिन्दुले आफ्नो एउटा साथीले लेखेको प्रेम सम्बन्धि मुक्तक सुनाएर नरेन्द्र दाईको साथीको किस्सालाई झन् टेवा दिईन |

     मेरी आमा एक बर्षको अमेरिका बसाइपछि  पर्सिपल्ट नेपाल फर्कदै हुनुहुन्थ्यो | ‘मेमोरिअल डे’ साता परेकोले बिन्दुको भाई, अच्युत तिमिल्सिना, पनि डि. सी. देखि भेटघाटको लागि म्याडिसन आएका थिए | कार्यक्रममा धन मल्ल, राजिव कर्ण, सुष्मा कर्ण, देबकी आले, रन्जिता मण्डल, युजेन थापा र अर्यमन मण्डलको पनि उपस्थिति थियो | कार्यक्रमको अन्त्यमा दिनार दाईले डामाडोल डट कम बाट साभार गरिएको शैलेन्द्र सिम्खडाको ‘सून र स्वास्नी’ भन्ने कविता बाचन गरेर सबैलाई हसाउनु भयो | कार्यक्रममा सुनाइएका तीन  कविता तल पेश गरेको छु |

----------------------------------------------------------------------------------------------------------------

चटक को दर्शक म                                            
 - अबिमन पसछें

चटक को दर्शक म
एकछिन रमाउन खोज्छु

भुक्तान गरिसकेको आँसुको
सट्टा केहि हाँस्न  खोज्छु

लामखुट्टेको संगीतमा लट्ठयाउँदै
झेल्ली गरि चुसिएका रगतहरु
ठगिएका पसिना बगेर
झन् भासिएका धरातलहरु
भुल्न चाहन्छु म

चटक को दर्शक म
एकछिन रमाउन खोज्छु

समय असाक्षेप यात्राबाट
पूर्णबिश्राम चाहन्छु म

ढेदुमानवको लगाममा
हिंडेका बाँदरहरुको हुलबाट 
खुल्लामंचमा भेला हुने
थरि थरिका भेंडाहरुबाट
छुटिन चाहन्छु म
 
चटक को दर्शक म
एकछिन रमाउन खोज्छु

हुट्टीट्याउंको आवाजबाट
टाढिन  चाहन्छु म

भविष्यलाई थाँती राखी
सभ्यता रोक्नेहरुलाई 
अगुवा भएर पनि
बामे नसर्ने हरुलाई
बहिस्कार गर्न चाहन्छु म

-----------------------------------------------------------------------------------------------------------------

बन्द बाकस भित्र आज एउटा लाश आएछ
 - आविस्कार भारती

आर्य घाटमा बन्द बाकस भित्र आज एउटा लाश आएछ
आफन्त हैन भन्ने थाहा पायेर अलिकती सास आएछ
भन्थ्यो सारा संसारको सुख तिमीलाई दिन्छु
आफु मात्र हैन तिमीसाथ हुँदा संसारै बिर्सिन्छु
सुटुक्क कानमा माया गर्छु तिमीलाई भन्थ्यो लजाएर
गयो पर्देश उ भबिश्यको स्वर्निम सपना कती सजाएर
डर लाग्छ यो बन्द बाकसले भोली को बोकी आउने हो
फर्क मेरो माया आफ्नै देशमा केही गरेपनी त भो
सम्झी यो बाकस उकुश्मुकुसिएको मनको तडप उर्लिरहन्छ
भोको-पय्सी तिमी घोटिरहँदा आत्मा मेरो यहाँ जलिरहन्छ
आर्य घाटमा बन्द बाकस भित्र आज एउटा लाश आएछ
आफन्त हैन भन्ने थाहा पायेर अलिकती सास आएछ ।।

-----------------------------------------------------------------------------------------------------------------

म, म होइन रहेछु 
 - सन्तोष लामिछाने

चट्टानको चुचुरमा चप्पल नलगाई हिड्न खोज्ने
तर
विलाशको डस्नामा उत्सव मनाइ रमिता गर्न पुग्ने
म, म होइन रहेछु  ।

आदर्शका कुरा गर्ने
तर
अभावमा आत कमाऊने
मुटुमा ताला लगाइ
नैतिकतालाइ तराजुमा जोख्ने
म, म होइन रहेछु  ।

उच्च विचार बोक्ने
तर
नक्कली गाथा समेटेर
निभेको दियोको प्रतीक बन्ने
म, म होइन रहेछु  ।

अटुट माया र संवेदनाका किनारमा उभिएर
सत्य र धर्मलाई चिहाइमात्र राख्ने
धुँवा र धुलोमा नुहाएर
पलायनलाई अँजुलीभरि राखेर
टाउकोमा सिउरने
अनि शब्दको साहरामा
कर्मलाई संक्षेपमा सहज बनाइदिने
म त, म होइन रहेछु  ।
म त, म होइन रहेछु  ।

Monday, May 20, 2013

What have I learned from my fifteen month old daughter?

Many of you already know that I have a fifteen month old daughter. Of course, I have a lot of praises for her about how gorgeous she is and blah blah blah..after all, she is my daughter. So, I am not going to talk about how madly I like her.

As a child she is learning new things all the time. Every day, I am amazed how quickly she is learning so many things. However, you will be surprised how many things she has taught me, or I would say reminded me, or reinforced on me.

I tend to think we are all children no matter how old we are. We are always learning things and there are some things that we have never learnt or have learnt inadequately. My little daughter has made me realize some of those things. First and foremost she has taught me to be selfless. Yes, I have become less selfish after her arrival.

She has taught me to be more patient. As I interact with her more, my level of patience as naturally grown.

She has taught me to be more forgiving.

She has taught me to be more kind.

She has taught me to be more responsible. I no longer sleep all morning and stay all night just as an example.

Yes, children do require some work, but benefits far outweigh the cost. I hope I will be able to say the same when she is a teenager. :)