Monday, October 21, 2013

Words / शब्दहरू

Words शब्दहरू
like these यिनै शब्दहरू जस्तै
when only typed, written, printed, जब लेखिने, छापिने, वा टाइप मात्र हुने गर्छन्
doze, भुसुक्क निदाउछन्
becoming sleepy scribbles. सुताहा केरकार बनेर
Unless read or spoken, नपढिए वा नबोलिएसम्म
they’re static, तिनीहरू टक्क अडिन्छन्
just bunches of pointless pixels. मसीका थोप्लाका झुप्पा भएर
Only when ink fades जब मसी उड्छ
or surface wears off becoming dust, वा लेखिने धरातल थोत्रिएर धुलो हुन्छ
do they bother to vanish अनि मात्र तिनीहरू डेग चल्छन्
in thin air. हावामा हराएर
But if they are read or recited, तर यदि शब्दहरू पढिएभने वा वाचन गरिएभने
they may be listened to. तिनीहरू सुनिन सक्छन्
If heard, सुनिएर बुझिएभने
they may imprint themselves again, तिनीहरू पुनः छापिन सक्छन्
into the minds. मस्तिष्कहरूमा |

Saturday, September 14, 2013

भत्केका पुलहरू

विचारका बाफहरूको संगमले 
पुलहरू बन्ने गर्छन्
अनि 
तापक्रमहरू घट्दै गएपछि 
पुलहरू गर्ल्यामगुर्लुम
भत्कदै जान्छन्

पुलका भग्नावशेषमुनि 
संवेदनाहरू थिचिन्छन्
च्यापिन्छन् 
उत्साहहरू निचोरिन्छन् 

चिसिंदै जाँदा 
वरफका टुक्राहरूको गाईजात्रामा 
युगहरू चाउरिइदै जान्छन्

तैपनि
विचारका बाफहरू 
निरन्तर पुलहरू बाँध्दै जान्छन् 
समय फगत हेरिरहन्छ

उत्सुकहरू अनुसन्धान गरिरहन्छन् 
तर तिनले पनि त 
विचारकै बाफका थुप्राहरू थप्ने न हुन् 
आखिर तापक्रमको घटाईमा 
सब चकनाचुर भैहाल्छन् 

समय डाकिरहेछ 
तापक्रम घट्न नदिने चेतनालाई 

भत्केका पुलहरू ब्यग्र भई कुरिरहेछन् 
भत्केका पुलहरू ब्यग्र भई कुरिरहेछन्

Wednesday, September 4, 2013

When and Where I Grew Up / म जहिले र जहाँ हुर्कें

Every now and then I try to write poetry in English. Sometimes I start in English and switch back to Nepali or the vice versa. I tried this first in English then I translated it in Nepali. Here it is for you.
When and Where I Grew Up म जहिले र जहाँ हुर्कें
When and where I grew up म जहिले र जहाँ हुर्कें
there was no electricity त्यसताका बिजुली बत्ति थिएन
there was sunshine and light घाम थियो अनि उज्यालो थियो
there were no vehicles, concrete roads, or traffic गाडीहरू, पक्कि सडक, अनि ट्राफिक जाम थिएन
we walked everywhere to our delight हामीहरु जताततै सहर्ष हिडेर पुग्थेऊँ
there was no complexity अप्ठेराहरू थिएनन्
life was straightforward and slight जिन्दगी सरल र सहज थियो
there were no skyscrapers or super markets गगनचुम्बी भवन अनि बिशाल बजारहरू थिएनन्
all we needed was in sight हामीलाई चाहिने सबैचिज आँखावरिपरि हुन्थ्यो
When and where I grew up म जहिले र जहाँ हुर्कें
there was no pollution त्यसताका प्रदुषण थिएन
air was natural and salubrious हावा प्राकृतिक अनि स्वस्थ थियो
there were no cell phones or internet मोबाइल फोन र इन्टरनेट थिएन
communication was glorious and multifarious संचार गर्वसाथ धेरै तहमा हुन्थ्यो
there were no swimming pools or playgrounds पौडनको लागि बनाइएका पूल अनि खेल्नको लागि बनाइएका मैदान थिएनन्
rivers, lakes, and fields were gorgeous सुन्दर खोला, ताल र चौर थिए
demands and supplies did not bargain माग र पूर्तीको मोलतोल हुन्नथ्यो
resources were sustainable and cornucopious साधन र श्रोत दीर्घकालीन धान्न मिल्ने अनि पर्याप्त थियो
When and where I grew up म जहिले र जहाँ हुर्कें
there were less rivalries in pointless pursuits त्यसताका अर्थहीन अभिलाषाका दुश्मनी कम थिए
people were more friendly and plain मान्छेहरू धेरै मिलनसार अनि सादा थिए
there were less insecurities and doubts मनमा डर अनि शंका कम थिए
plenty of trust and harmony were in chain समाज विश्वास र सौहाद्रताको साँङ्ग्लोमा बाँधिने गर्थ्यो
deceits or bondages were rare छलकपट अनि बन्धन विरलै थिए
truth and freedom stayed in domain सत्य र स्वतन्त्रता रैथाने रहन्थे
When and where I grew up म जहिले र जहाँ हुर्कें
I was as happy as I am now. त्यसताका म जति खुसि थिएँ अहिले पनि खुशी नै छु बराबरी
Isn’t it intriguing, why and how? आश्चर्य लाग्दैन? किन र कसरी?

Tuesday, August 27, 2013

जिन्दगीसँग सत्कर्म मल्नु पर्ने रहेछ

उज्यालो दिन सक्न त जल्नु पर्ने रहेछ
आफू खरानी भएर बल्नु पर्ने रहेछ

मै हुँ भनेर घमण्ड गर्न त जो पनि सक्छ
निहुरन सक्नलाई फल्नु पर्ने रहेछ

चट्टानझैँ कडा भए त एकैनाश भैहाल्छ
हर आकार दिन त गल्नु पर्ने रहेछ

सधै अग्लो भैरहन्छु भन्नेलेपनि
एकदिन त गर्ल्याम्म ढल्नु पर्ने रहेछ

मरेर जान त सजिलो रे'छ, अमर हुन त
जिन्दगीसँग सत्कर्म मल्नु पर्ने रहेछ

Thursday, August 22, 2013

माया गर्न थालिसकेछु अब छोड्न सक्दिन

आँखा तिमीमा परिहाल्यो अब मोड्न सक्दिन
तिमी बाहेक अरुसँग माया जोड्न सक्दिन

मस्तिष्कभरी तिम्रै दृश्य घुमिरहन्छ आजकल
आफ्नो टाउको आफैले ठोकेर फोड्न सक्दिन

धेरै मुटुका फुलबारीमा माया रोप्न खोजें
तिमी बाहेक अरुकुनै फूल गोड्न सक्दिन

तिम्रै हुन्छु जीवनभर भनेर कसम खाको छु
आफ्नो बाचा नमरुञ्जेल अब तोड्न सक्दिन

तिमी माया गर या नगर , म त तिमीलाई
माया गर्न थालिसकेछु अब छोड्न सक्दिन

Tuesday, August 13, 2013

साना साना खुशीले गाँस्ने माला हो जिन्दगी

कैदीले भन्यो कहिल्यै नखुल्ने ताला हो जिन्दगी
घाइतेले भन्यो ढाडमा रोप्या भाला हो जिन्दगी

बुर्लुक्क उफ्रदै वयस्कले भन्यो
भर्भराऊँदी युवतीको रातो गाला हो जिन्दगी

सकी नसकी वृद्धले भन्यो
बुढ्यौलीले चाउरीएको छाला हो जिन्दगी

वितृष्णामा डुबेको जनताले भन्यो
घुस्याहा नेताको भ्रष्ट चाला हो जिन्दगी

सन्तोषलाई सोद्धा सन्तोषले भन्यो
साना साना खुसीले गाँस्ने माला हो जिन्दगी 

Friday, August 9, 2013

यी शब्दको भाउ पनि दुई पैसा तोकिदिए


माया गर्छु भन्नेले मुटुमा प्वाल खोपिदिए
हितौषी मानेकाले ढाडमा छुरा रोपिदिए

यस्तो गर्छु उस्तो गर्छु भन्नेहरू धेरै थिए
हात बाँधी सुती सुती गफमात्र ठोकिदिए

खुराफाती जम्मा भए स्वार्थका सल्लाह भए
इमान्दारका कुरालाई छलले छोपिदिए

युग आए युग गए धर्मात्मा हुँ भन्ने भए
तिनलेनै अध्यात्मामा दुष्ट मन चोपिदिए

गेडी छन्जेल आफ्ना रहे नहुँदा टेडी भए
सुक्नला घाऊमा पनि काँडैकाँडा घोपिदिए

अरुका भाव फाल्तु पाए अफ्नाको जय गाए
यी शब्दको भाउ पनि दुई पैसा तोकिदिए