घरमा साना केटाकेटीले नाजायज माग राखेर रुने, कराउने, लडिबुडी गर्ने, पिर्ने, हिंस्रक हुने काम गरे अविभावकले के गर्ने? सारै अप्ठ्यारो पर्छ नि | अब तपाई असल अविभावक हो भने साना अबोध अबुझ केटाकेटीलाई कुट्न मिलेन, सम्झाउने प्रयत्न गर्नु पर्यो, सम्झदै नसम्झे केहि समय केटाकेटीलाई वास्ता नगरी, नदेखेझै, ससुनेझई गरेर तिनलाई मत्थर पारेर बुझाउनु पर्यो | उनीहरूले जे भन्यो त्यो गरेता उनीहरूलाई अनि परिवारलाईनै ठुलो क्षति हुन सक्छ |
अहिले नेपाली राजनीतिमा माओबादी र मधेसबादी दलको संयन्त्रले माथि उल्लेख गरेजस्तो केटाकेटीको भूमिका निर्वाह गरिराखेका छन् | अरु मुख्य पार्टी र तिनका निर्णायक नेता परिवार (नेपाल देश) का अभिभावक हुन् | उनीहरूलाई सारै चुनौतिपूर्ण अवस्था छ | संयम साथ काम गर्नु छ | अब यहाँ केटाकेटी फेरि साँचै केटाकेटी होइनन, मात्र उनीहरूले व्यवहार र रणनिती तेस्तो लिएका छन् | तिनीहरूको अरु उपाए बाँकी पनि छैन, एउटा परिपक्क मानिसको जस्तो शक्ति पनि त छैन |
दुखलागो कुरा त के छ भने संबिधानमा यस्तो चाहियो उस्तो चाहियो भनेर बखेडा झिकिदै छ | तर यहाँ असलमा प्रचण्डलाई राष्ट्रपति चाहिएको छ अनि त्यो भएमा बाबुराम आफू पार्टीको अध्यक्ष हुन पाउछु भनेर लाग्य छन् | मधेसी नेताहरूचै आफ्नो जमिन्दारीको बर्चस्व कायम राखिराख्न छुटै प्रदेश बनाएर भूमिसुधार, शिक्षा तथा अन्य कुरालाई पन्छाएर सधै सामन्ती राज गर्न पाइन्छ भनेर लाग्य छन् |
अविभावकहरूलाई पो कस्तो समस्या | माग पुर्याइदिउ त तेस्तो नाजायेज र अन्यायपूर्ण माग कसरी पुर्याउने | नपुर्याउन त सधैको कच् कच् र किचलो गरिराख्ने, घरमा अशान्ति, तोडफोड, जबर्जस्ति, उदण्डता | अब अविभावकले पनि तेस्तै गर्न त मिलेन, त्यसो गरे त गृहयुद्ध सुरु भैगो | बडा गार्हो पो देखिन्छ |