Saturday, December 27, 2014

सत्यहरू

साना ठूला
अग्ला होचा
सतही गहिरा
पुराना नयाँ
अस्वीकृत स्वीकृत
"सत्य" हरू धेरै छन्

कति सत्यहरू
भीडमा किचिएर जान्छन्
कति सत्यहरू
फक्रन नपाउँदै
चुँडिएर जान्छन्

कति फन्दामा फस्छन्
कति नखुल्ने पोकाभित्र पस्छन्
कति विचारमै मात्र बस्छन्
कति खुम्चिदै खस्छन्

कति सत्यहरू
सम्पन्न अनि शक्तिशालीको भोजमा
खानासँगै चपाइदै जान्छन्
प्रायोजित सत्यहरू भने
बारम्बार दोहोर्याइदै अनि छपाइदै जान्छन्
कति अन्धाधुन्द जपाइदै जान्छन्
कति धकेली धकेली धपाइदै जान्छन्

तर शाश्वत सत्यहरू सधैं स्थिर छन्
तिनको स्वर
तिनको शक्ति
तिनको सामर्थ्य
स्वतः सिद्ध छ

सदा सादा
स्वच्छ अनि साझा
स्वाङ अनि स्वार्थ रहित    
शाश्वत सत्यहरू
थाहा पाउन खोजे
पहिल्याउन सके
स्पष्ट अनि सर्बश्रेष्ठ छन्

म हर जुनीमा तिमीलाईनै चुन्छु

तिमीसँग बाँच्न पाईन, अब म जीवनभरी एक्लो हुन्छु
तिमीसँग हाँस्न पाईन, अब म जीवनभरी हरदिन रुन्छु

आँखा खुलेर के भो ? मनले हेर्न नचाहने अन्धो भएको छु
आँखा वारिपरिका हरचिज आजकल आँशुले धुन्छु

झर्न खोजिरहेको एउटा रुखको सुकेको हाँगा भएको छु
किन यस्तो सजाएँ मलाई भन्दै सासलाई सासैले थुन्छु

बेहोश, अचेत अनि अचल एउटा लाशझैं भएको छु
तैपनि ब्यूँझन्छु बेलाबेला, जोड जोड आफ्नो ढुकढुकी सुन्छु

टुट्ने छु, फुट्ने छु, गन्तब्यहीन भएर सधैं भौतारिनेछु
मिलन नभएर के भो? म त हर जुनीमा तिमीलाईनै चुन्छु

Wednesday, December 24, 2014

नजिक आउँदा तिमी अलौकिक आभा छरेर जान्छेऊ

नजिक आउँदा तिमी अलौकिक आभा छरेर जान्छेऊ
आँखाका आश्रममा हुँदा सुमधुर सम्झना भरेर जान्छेऊ

अर्चानीय एक देवीको आभास दिलाएर जान्छेऊ
मुस्कानको झरना माछालाईझैँ पिलाएर जान्छेऊ

कोमल नयनका कान्तिले उज्यालो बनाएर जान्छेऊ
आकर्षणको करेन्टले पुरै शरीर झन्झनाएर जान्छेऊ

मीठा बातले मेरो ब्रम्हाण्डमा रहरहरू जगाएर जान्छेऊ
आत्मियता अवतरण गराई दुविधाहरू बगाएर जान्छेऊ

छुट्टिने बेलामा फर्केर एकपल्ट पुलुक्क हेरेर जान्छेऊ
मेरो मुटुलाई पनि आफूसँगै आँचलमा बेरेर लान्छेऊ

नजिक आउँदा तिमी अलौकिक आभा छरेर जान्छेऊ
आँखाका आश्रममा हुँदा सुमधुर सम्झना भरेर जान्छेऊ

Saturday, December 20, 2014

जिन्दगीले जिन्दगीलाई सधैं माया गरिरन्छ

मन भित्र कल्पनाले मीठा कुरा गरिरन्छ 
यथार्थमा आँखाबाट तप् तप् आँशु झरिरन्छ 

मुटुलाई के थाहा ऊ त सपना छरिरन्छ  
छरिएको सपना भने नउम्रदै मरिरन्छ  

एउटा सुख नसक्किदै अर्को दु:ख परिरन्छ
सोचे जस्तो सुन्दर संसार समयसँगै सरिरन्छ

जे भएनी भावनाले उमंगचैं  भरिरन्छ
रङ्गहरूको बगैचामा जिन्दगानी चरिरन्छ

आक्कल झुक्कल देखा पर्ने दुर्घटना टरिरन्छ
साहसका पुलहरूले अप्ठ्यारा पल तरिरन्छ

निराशालाई आशाहरूले एक एक गर्दै हरिरन्छ 
जिन्दगीले जिन्दगीलाई सधैं माया गरिरन्छ

Monday, December 15, 2014

नेताहरूले ऐतिहासिक अवसरमाथि खेलाँची गर्दै छन्

नेपालमा कैयौं ऐतिहासिक परिवर्तन भए | तिनका लागि कति शहिद भए, कतिले आफ्नो जीवन समर्पण गरे | राणा शासनको अन्त्य, पंचायत कालको अन्त्य, माओबादी आन्दोलन, राजतन्त्रको अन्त्य, मधेश आन्दोलन हुँदै देश अहिले एउटा जटिल मोडमा छ  - पहिलो संबिधान सभाको अवसान भएर दोश्रो संबिधान सभाले एउटा समय सुहाउँदो आधुनिक  संबिधान बनाउने आशामा | संसारका कैयौं देशमा यस्ता संबिधान बनाउने घटनाक्रम आए, कतिमा समयसंगै आइपरे, कतिमा ठुलो रक्तपात र बलिदानले आयो, कतिमा राजनीतिक घटना क्रमले ल्याइपुर्यायो | जे सुकै भएपनि २१औं शताब्दीमा नेपालमा यो अवसर आइपुग्नु आफैमा एउटा सुनौलो मौका हो - एउटा आधुनिक र देश काल परिस्थिति सुहाउँदो, जनता र मानब इतिहासकै एक उत्तम संबिधान, एक कृति लेख्ने |

अमेरिकाको स्वतन्त्रता घोषणामा लेखिएका यी भावका शब्द मानब ईतिहासमै मानब अधिकारको एक कुशल बर्णन सिद्ध भए |

"हामी यी सत्यलाई स्वतः प्रमाणीत मान्छौं कि हर मानिस बराबर हुन् | तिनको सृष्टिकर्ताले तिनीहरूलाई केही अहस्तांतरणीय अधिकार दिएर पठाएका छन्; ती मध्ये केही अधिकार हुन् - बाँच्न पाउने, स्वतन्त्र हुन पाउने र  खुसीको खोजी गर्न पाउने " ।

जुलाई ४, १७७६ मा भएको घोषणाको ११ वर्ष पछि सेप्टेम्बर १७, १७८७ अमेरिकाको संबिधान बन्यो | त्यो संबिधान बनेपछि त्यसमा धेरै सुधार र संशोधन भएका छन् | तर जुन भावनाले अमेरिकाको स्वतन्त्रताको घोषणा भयो त्यही जोश र भावनाले, सबैको अन्तरक्रियामा आफ्नो देशलाई सुहाउँदो संबिधान पनि अमेरिकामा बन्यो र पछि समयसंगै सुधार र संसोधन पनि हुँदै गयो | २२० बर्ष अघि लेखिएको अमेरिकाको संबिधानमा पनि सब कुरा पूर्ण थिएन तर समय अनुसारको मान्यता र आफ्नो देश काल परिस्थिति अनुसार एउटा असल भावानाले संबिधान लेखियो | नेपालमा अहिले रहेको सुनौलो अवसरलाई पनि त्यस्तै भावना र गम्भीरताका भएर उपयोग गर्नु पर्छ |

दासत्व, छुवाछुत जस्ता कुरा उन्मुलन भएपनि अहिले समयको आवस्यकता फेरिएको छ | व्यक्तिको स्वतन्त्रता, शासकीय स्वरुपसंगै अहिले आर्थिक असमानता, समावेशीता, लैगिक असमानता, समलिंगीका अधिकार, पशुका अधिकार, वातावरणको संरक्षण जस्ता कुरामा एक आधुनिक र समय सापेक्ष संबिधान चाहिएको छ | मेरो कुरो चुरो संबिधानमा कुन कुरा कसरी लेखिनु पर्छ भन्दा पनि यो अवसरलाई इमान्दारी र गम्भीरतापुर्वक आत्मसाथ गरिदै छैन भन्नेमा हो |

हो, लेख्न, भन्न सजिलो हुन्छ | असलमा सबको सहमति जुटाउदै कुनै काम फत्ते गर्न गार्हो छ | तर यहाँ प्रयास र इरादा पनि देखिएन | नेताहरू र राजनीतिक पार्टीहरूको चर्तिकला हेर्दा त सब आफ्ना आफ्ना स्वार्थ र अहममा एउटा सुवर्ण मौकालाई कालो छायामा पारिएको अनुभव हुन्छ | हुँदा हुँदा अब त संविधानका अन्तरबस्तु र प्रावधानको भन्दा सत्ता साझेदारी, शक्ति, र कुर्सीमा अड्केर संबिधान बनाउने काम पिल्सिएको कुरा घाम झैँ छर्लंग हुँदै छ | एउटा संबिधान सभाको हत्या भयो | जनताको रगत पसिनाले तिरेको करले जम्मा भएको अरबौ रुपियाँ पारिश्रमिक स्वरुप सभासदले पचाए | अर्को संबिधान सभाको पनि के तेस्तै हविगत हुने हो ?

होलान् केही इमान्दार सभासदले जो साँच्चै संबिधान बनाउन चाहन्छन्, तर ठूला ठूला टाउके नेताहरू रिसोर्ट र होटेलका बार्तामा ब्यस्त छन् | तर केहि नतिजा आउदैन | मात्र जनताका खल्ती खाली हुँदै छन्, मात्र नेताले भत्ता र सत्ता पाएका छन्, नपाउने त्यसकै पछि लागेका छन् | यदि सबको इरादा एउटा असल संबिधान दिने हो भने, सबको स्वार्थ देश र जनताको पक्षमा हो भने एउटा समान र सामुहिक निचोड त आउथ्यो नै | तर किन यति ठूलो ऐतिहासिक अवसरमाथि खेलाँची गरिदै छ?

२०४७मा पनि संबिधान बनेको थियो | हो त्यो संबिधान समयको माग संगै अब पुरानो भयो होला तर त्यतिबेलाको शक्तिको संतुलन र आवस्यकता अनुसार विज्ञहरूको समन्वयेम एउटा यथोचित संबिधान गम्भिर्यका साथ बनाइएको थियो | अहिले पनि सब बिज्ञहरू, राजनीतक शक्ति, नागरिक समाज र जनताको व्यापक संलग्नतामा जिम्बेवार ठाउँमा रहेका व्यक्तिहरूले एउटा आधुनिक र देश सुहाउँदो, कालजयी, उदहारणीय संबिधान बनाउन गम्भीर हुन आवस्यक छ | संबिधान सभामा भाग नलिएकाले पनि आफ्ना प्रतिक्रिया दिएर प्रक्रियामा आउनु पर्छ, सबका कुरालाई सुन्नु पर्छ र देश र जनताको पक्षमा संसारकै लागि एउटा उत्तम कृति दिने लक्ष राख्नु पर्छ | समय सक्कदै जाँदा अन्त्यमा आलटाल गर्ने अनि झारा टार्ने खालको संबिधान दिने कायदाले अहिलेका नेताहरूलाई इतिहासले कुरा मात्र ठूला गर्ने तर काम नगर्ने पाखण्डीको उपमा दिने निश्चित छ |

Monday, December 1, 2014

उनलाई भात पकाउन आउँदैन रे

From a diary of a guest: Below, I am presenting you an excerpt from a diary of Achyut Timilsina, my brother-in-law. Very nicely written. Thank you for sharing!                                          
उनलाई भात पकाउन आउँदैन रे !
अच्युत तिमिल्सिना
मिती:  १० चैत्र २०६०
 अमेरिका

बिरानो ठाउँ, एक्लोपन, पढाई, अनि सेमेस्टेर  फीसको चर्करो, यी सबैसंग म सकि-नसकी  जुधिरहेको थिए।  घरबाट टाढा हुनुको पीडा र अमेरिकामा बिधार्थी जीवनको यो एउटा पाटो मेरा लागि नयाँ थियो। खाँचो थियो एउटा साथीको , एउटा पात्रको जसलाई म आफ्नो कुरा सुनाउन सकूँ, ब्यक्त गर्न सकूँ। बेलाबखत समय मिल्दा म उनलाई फोन गर्थे।  अनि एक-अर्काको वार्तालापले मलमको काम गर्थ्यो।  टाढा भएपनि एक प्रकारको समिप्यता बनिरहेको थियो। पछि पछि लगभग दिनैपिच्छे उनीसित  कुरा हुन्थ्यो।कहिलेकाही उनको व्यस्तताले फोन मिस भएमा टाढिएको अनुभूती मलाई हुन्थ्यो ।  एकले अर्कालाई अर्ति, आड भरोसा दिने त कहिले एक अर्काको कुरालाई उडाइदिने। कुराको क्रम: यसरी नै चलिरहेको थियो।

तर आज म उनको एउटा कुरा सुनेर बेस्सरी हाँसेँ , " उनलाई भात पकाउन आउँदैन रे "।  साँची त्यस्तो कुरा गर्ने मान्छे, त्येतिका कुरा बुझेकी  मान्छे , गाउँघरको परिवेशमा हुर्केकी मान्छे, रोपाई र बर्षाको कुरा गर्ने मान्छे -म एकछीन चकित परे उनको कुरा सुनेर। अनि आश्चर्य मान्दै सोधे, "के तिमीलाई साँच्ची भात पकाउन आउँदैन?" मैले यसरी  प्रश्न गर्दा उनी पनि रनभुल्लमा परिन् अनि अतालिदै भनिन, " खै के  भन्ने मलाई  कूकरमा पानी अडकल्न आएन "।  कूकर भन्ने बितिकै मलाई झन् जिज्ञाशु बन्न मन लाग्यो र सोधे , " अरुमा आउँछ तेसो भए ?"  उनले हाँसेर जवाफ दिइन् , " आउनु पर्ने हो।" अनि उनलाई भने  "एउटा राइस कूकर किन सजिलो हुन्छ  भात पकाउन।"  नेपाली मनलाई भात जहाँ गए नि प्यारो लाग्छ। भातको कुरा सानै भए नि बिषय चाँही ठुलो छ नेपाल र नेपालीको सन्दर्भमा।

खयर यो त  केही भएन घरकी कान्छी छोरी , काम पनि त्यति लगाएनन् होला। मैले सजिलै अनुमान गरे।  नेपाली समाज र नेपाली परिवेश घरभित्र छोरीहरुलाई  धेरै जिम्बेबार र उत्तरदायी हुन सिकाउँछ । २१औं शताब्दीका मानिसहरु र कथित फेमिनिस्टहरू यसलाई असमानताको दृष्‍टिले हेर्छन् होला। मैले पनि यहाँ कुनै लैंगिक पक्षपात (Gender Bias) गर्न खोजेको होइन तर पनि हामी र हाम्रो समाज समय अनुसार  चल्न कहाँ सकेको छ र? आज पनि कति छोरी चेलीहरुको दिनचर्या मेलपात र घासँपातमा नै बित्छ। यिनै असमानता र सामाजिक संरचना परिवर्तनकालागि देशमा कमरेडहरु लडीरहेका छन्। दसकौं देखीजारी यस लडाईंको एक दिन मुल्याङ्कन त अबश्य होला। तर पनि पूर्ण परिवर्तनको लागि खाँचो छ शिक्षा अनि रोजगारीको।

उनलाई भात पकाउन आउँदैन रे! हुनत यो कुरा सानै हो तर पनि मेरो मस्तिस्कमा एउटा ठुलै  छाल ल्यायो किनकी म उनीसित जैले पनि ठुलै कुरा गर्थे। जब उनले भनिन् " मैले भात पकाएको काहानी नै भयो," मैले सोचें परिबेशले सिकाएन त के भो, समय र परिस्थितीले सिकाउछ । छोरी भएर घरको काम काजमा दक्ष हुनै पर्छ, यो मेरो मान्यता होइन। मैले छोरा भएर पनि के नै गर्न सकेको छु र तर पनि आफ्नो परिबेश, समाज, त्यहाँको मुल्य र मान्यताले मेरो मानसपटलमा पनि केही जरो गाडेको रहेछ जुन मलाई पनि  थाहा थिएन । शायद  त्यसैले गान्धीले भनेका छन्," परिवर्तन चाहन्छौ भने आँफै बाट सुरु गर"।

एवम्  अश्तु!!
Achyut at Madison's Farmer's Market

Saturday, November 29, 2014

तिमी पनि एकतर्फी माया गरेर हेर

I always wanted to write songs, sing songs, learn guitar, and be a singer. Well, I have written songs, but no one has sung them yet. I learned guitar by being in company of friends who were very good guitarists and composers. I own an acoustic guitar that gets little of my attention. In fact, one of its strings is so rusted that it needs to be changed. However, I have not had time to take care of it.

Yesterday while I was writing a song, I thought of singing it, and trying my little knowledge of guitar playing. I debated whether I should share it or not but I thought I may regret not sharing than sharing it. Here it is for you. :)

Timipani Ektarfi Maya Garera Hera / तिमी पनि एकतर्फी माया गरेर हेर

तिमी पनि एकतर्फी माया गरेर हेर
मुटुभरी तीता तिरस्कार भरेर हेर

तनमनमा अतृप्त चाहना च्यापेर हेर
छातीभरी सबैतिर तृष्णा छ्यापेर हेर

निधारमा सधैंलाई असफलता छापेर हेर
हरदिन कमजोर हुँदै लुगलुग काँपेर हेर

आफ्नै सासलाई हरपल सरापेर हेर
मृत्यु पर्खर्दैं जीवनका दिन नापेर हेर

तिमी पनि एकतर्फी माया गरेर हेर
मुटुभरी तीता तिरस्कार भरेर हेर

Sunday, November 23, 2014

भोजहरूमा अचेल

कैयौं भोजहरूमा अचेल देखिन्छ
असुरक्षाका भ्रमले आशंकित
मानवीय तरलता
त्यहाँ, हाउभाउमा, कमै भेटिन्छन्
सुखद, सम्मोहक, सर्वश्रेष्ठ सरलता

त्यहाँ भेटिन्छन्
जवानीको जोश खेर फालेर
बुढेसकालमा होश आएका बृद्धहरू
पवित्र हाँसोका उपहार पस्कदै
दौडने भुराहरू
अनि भलाकुसारीसँगै
सुरु हुन्छन् युवा युवतीका कुराहरू

ती भेलामा
जगाइन्छन् भावनाका भल 
बगाइन्छन् स्नेहका जल
ओकलिन्छन् केहि अन्तरङ्ग
उक्लिइन्छन् सौहार्दताका भर्याङ

सँगसँगै
भट्याइन्छन् विचार भीषण
सुनाइन्छन् खेलकुदका पुराण
चढिन्छन् सिद्दान्तका भीर
छेडिन्छन् व्यंग्यका झीर

भोजको अबोध माहोलमा
केही बेचैन आँखाहरू
अरु तेस्तै आँखाहरूसँग चुपचाप ठोक्किन्छन्
मात्र ठोक्किने आँखाहरूले थाहा पाउँछन्

यस्तै यावत कुरा हुने
भोजहरूमा अचेल 
आफ्नो समाजप्रतिको आस्थासँगै
भोजनको प्रचुरता र
भौतिक भोगको पराकाष्ठा पनि देखिन्छन् 

तर अन्त कतै भने
अनिकालमा भयानक भविष्य पर्खानेका
अनि
अनशनरत चेतनशीलका
भरोसा भाँचिन्छन्

कैयौं भोजहरूमा अचेल
जोश र जाँगरका ढिस्का नासिन्छन्
कर्मको घाम देख्न नपाएका असल आकाँक्षाहरू
ताछिएका समयका बोक्रामा टाँसिन्छन्
सँगसँगै
कैयौं मोतिका मन झन् झन् भासिन्छन् ।
कैयौं मोतिका मन झन् झन् भासिन्छन् । ।

Jhola: Nepali Movie Review

This is my first ever movie review. Yesterday, I had a chance to see Nepali movie Jhola during a screening at the Nepali Sahitya Sanjh organized by a local Nepali organization in Madison, Wisconsin. The story writer of the movie, Krishna Dharabai, was also present during the event. He has also acted in the movie.

I had read the story Jhola before it was made as a movie. As a reader, I was not very impressed with the story; although I deeply appreciated the intent behind it. It shows forceful and brutal immolation of widowed woman on the husband's funeral pyre by a tradition called 'Sati'. The tradition was prevailing in Nepal until around hundred years ago. My thoughts at the time I read the story was that I wished the story was about some contemporary atrocities on women like torturing for being 'witches' or on-going oppression of women or rampant rape problems to name a few.

Different than the story, the movie at the end does make a connection between inhuman Sati tradition and on the going problems of today. However, I still wish that the story and the movie was about a contemporary shameful practice rather than abolished traditions like Sati or slavery that the mankind has overcome today. Keeping my wish behind, I am going to critic some things about movie itself.

My ticket for Jhola movie

Cinematography of the movie is strictly OK. I like the fact that the evening scenes of the movie have a dim lighting feeling as there was no electricity during that time in the kind of setting the movie was made. However, the day time scenes could have been more attractive visually; showcasing the natural beauty of the setting. Editing of the movie could be a little better as there were some transitions that showed poor editing. Great care was seen in making the clothes, utensils, and tools used. They match the timeline of the story. Screenplay was superb most of the time however there were some scenes that did not quite work as well as others. Like falling of the stack of sticks after the news of the child artist's father died and the character of Laxmi Giri gasping for water after she found the Sati is alive work perfectly. However, the the scene when village women show pity on the main character's fate and a drop of water falling on a pond with ripples does not connect very well.

Casting of characters is overall good. Child artist has done exceptionally well. I think the main character Garima Pant portrays her role very well. However, if I were a casting director, I would have looked for little rougher but innocent looking mountain beauty for the role. Laxmi Giri, the evil looking priest (casted well) and other character actors are excellent. Knowing the author beforehand, I felt like Krishna Dharabasi being in movie a little awkward, I would have casted someone else in his role.

I think making a movie out of the original story was very worthwhile. The screenplay and the visual stimulation add value to the overall intent. Great job by late Deepak Aalok on screenplay and direction by Yadav Kumar Bhattarai is good. The movie is outstanding in the pool of existing Nepali movies. It clearly deserves to be an official entry into Oscars from Nepal. However, if we compare to technical excellence and overall quality of world cinema, the movie just barely meets the standards. The message is great but being about an outdated ritual it does not have a very effective blow. I will not be surprised if it does not make to the eight amongst the other 80 or so entry into the Oscars in the foreign film category. However, who knows what the jury of the Oscars think. :)

Overall rating of the movie: ½

All the best to Jhola!

Saturday, November 15, 2014

ऊ जितेर गई या हारेर गई / Did she leave winning or losing?

If not considering the old classics and few modern Nepali songs from Tara Devi, Nati Kaji, Narayan Gopal, Arun Thapa, Deepak Kharel, Deep Shrestha, Bhakta Raj Acharya, Prem Dhoj Pradan, or lets say a few musicians, it is hard to find Nepali songs with very meaningful and well written lyrics. Of course there are exceptions but I think this is true in general. Same in the Gajal front.

I recently came across this beautiful Gajal sang by Raj Sigdel and written by Pursottam Dhungel and composed by Chandi Prasad Kafle. However, I did not like the visualization of this Gajal. The visualization is not of my taste, so much so that it distracts me. However, the lyrics, vocal and composition get five stars from me. Enjoy the Gajal with lyrics, and my imperfect attempt at translating it into English.

ऊ जितेर गई या हारेर गई Did she leave winning or losing?
नतिजा आफैंतिर पारेर गई She did acquire the result in her favor
हिजो निम्ता दिई बस्न दिलमा Yesterday, she invited me to her heart
आज काँडे तारले बारेर गई Today she fenced it with a thorn rope
प्रितको एउटा फूल थियो बगैँचामा There was a flower of love in garden
आकाश बाट असिना झारेर गई She left showering hail rain over it
बाँच्दै त थिएँ घायलै भए पनि Although wounded, I was still living
मुस्कानको छुरा रोपी मारेर गई She left me dead stabbing with a dagger of her smile
रोपेर प्रेम को फूल यो मेरो मनमा She planted a flower of love in my mind and made it grow
हुर्काई अन्तै सारेर गई She left transplanting it somewhere else
पर्खिएँ मनको ढोका उघारी I waited her with an open door to my heart
उ भोली भन्दै टारेर गई She put me off saying 'Tomorrow!'
ऊ जितेर गई या हारेर गई Did she leave winning or losing?
नतिजा आफैंतिर पारेर गई She did acquire the result in her favor

Sunday, November 9, 2014

प्रचण्ड र उनका पिछलग्गु नेपालको लागि क्यान्सर

नेपाली राजनीतिमा धेरै नेताको उदय भयो तर प्रचण्ड जस्तो बेइमान र भ्रष्ट कोहि देखिएन | ताजुब लाग्छ , जो मान्छे उच्च स्तरिय राजनीतिक समितिको सभापति हुन त्यत्रो नाटक गर्छ, फेरि उही त्यहि समितिमा कुरा नराखेर अरु बाईस दलको गठबन्धनको नेतृत्व गर्दै देशभर जनता उचाल्दै जनताले अत्याधिक मतले चुनेर पठाएका दुई पार्टीलाई धम्किपूर्ण भाषा प्रयोग गर्छ |

एक त नेपाल जस्तो सानो मुलुकलाइ संघियेता होइन प्रभावकारी विकेन्द्रीकरण चाहिएको छ , तेस्को लागि दश वटै संघ हुनुपर्छ भन्ने फ्यान्तु कुरा गरेर यो कांग्रेस र एमालेको बोलबाला हुँदा संबिधान ल्याउन नदिने बखेडा हो | प्रचण्ड, बैध्य र अरू मधेशबादीलाई सुशील कोइरालाको सरकारले सम्मान गर्दै समावेश गर्न खोजेकै हो | अहिलेको परिवेशमा कांग्रेस र एमाले विशेषज्ञहरूको कुरा सुन्ने अनि देश र जनताको हित हुनेगरी जनतालाई राहत र कानुको राज्य प्रत्याभूति हुने संबिधान दिनु पर्छ | उनीहरूको लागि यो सुनौलो मौका हो |

माओबादीको लज्जाजनक हार पछिको चर्तिकला देख्दा असलमा उसको जनसमर्थन झन् खस्केको कुरामा कुनै दुइ मत नहोला | तैपनि केहि समालोचक सोच नभएका युवालाई पाल पोश गरेर, बुर्जुवा शिक्षा भन्दै बन्चित गराएर, आफ्नो कुरा रटाएर पछि लगाउदै जुन दम्भ माओबादीले प्रस्तुत गर्दै आएको छ तेस्को पनि बिस्तारै अन्त्य हुँदै जानेछ | जनयुद्दको अन्त्यपछि माओबादीको चर्तिकला बाट कति युद्ध लडेका सिपाहीको अब आँखा खुलिसकेको छ अनि घर न घाटको हुने युवाहरू को पनि आँखा खुल्दै छ |

हो, एमाले वा कांग्रेसलाई मेरो हर कुरामा समर्थन छैन, उनीहरूको पनि हरेक क्रियाकालापबाट मुल्यांकन गरिनु पर्छ | सबै नेता कुनै पार्टीका पनि राम्रा छैनन् | माओबादीमा पनि राष्ट्र भक्त र असल नेता छन्, कार्यकर्ता पनि छन् | यदि माओबादी पार्टीले साँच्चै नेपालमा टिकाऊ राजनीति गर्ने हो भने त्यो पार्टीमा प्रचण्ड र उसका अन्धभक्तको अन्त्य हुनु पर्छ |

एमाले वा कांग्रेसले भने जनताको चाहना अनुसार जनताको हित हुने काम नडराई गर्दै जानु पर्छ | देशलाई संबिधान, शान्ति र शुसाशन दिनु पर्छ | माओबादीले जिम्मेवार र प्रजातान्त्रिक मूल्य मान्यता अनुसारको प्रतिपक्ष हुनुपर्छ | झन् झन् द्वन्द बढाउने नीतिले माओबादीको पतन निश्चित छ | एमाले र कांग्रेसले मौकालाई राम्रो सदुपयोग गर्न नसके घुमिफिरी उही माओबादीको हातमा जनसमर्थन फर्कन सक्छ (प्रचण्ड जस्तो व्यक्ति माओबादीमा हावी हुँदा हुँदै चाहिं त्यो सम्भव नहोला ) |

Saturday, November 1, 2014

A few thoughts on current politics of Nepal

I am very skeptic that the new constitution that is being promised to be delivered pretty soon in Nepal is really going to be delivered anytime soon. Although this may sound banal, what a shame to the political parties!

The first constitution assembly got dismissed as the parties failed to come to consensus and it was a major blow to the hopes of Nepali people. The second one is also on the verge of failure, even with a major shift in balance of power from higher weight of Maoists to now a Nepali Congress and UML coalition.

I personally think Maoist's demand for breaking the country into many states is foolish. I do think Nepal needs decentralization (a real one) but that can be done with existing structure of the nation, five development zones. Just a true implementation is lacking. The idea of breaking the nation into many states and having separate parliaments and all is just beyond my comprehension. Nepal is so small, we do not need all of that.

So, now that all the major parties are ready for re-structuring anyways, my wish is that they keep the number of states to a minimum. The only optimistic side for me is that the new structures may bring some freshness and enthusiasm to move forward. However, the new structures have to be efficient and they should reduce burden on the nation and its people.

On the issue of election of the executive, I like the idea of direct election from people, whoever is the executive, be it the president or the prime minister. The idea of the parliament electing the executive sounds senseless looking at the history of instability of governments in Nepal. On this issue, Maoists have it right. However, UML who earlier was in favor of direct election of the executive during the elections is now backing out.

I understand that the direct election could present a danger of a party getting elected once and it using the power of state to influence other elections to hold on to that power. However, that is a separate issue which has to be checked and balanced by opposition and the citizens. The idea in itself is good and necessary in the context of Nepal. Direct election of executive ensures stability of governments and helps in doing some actual work during the tenure of the government. Unlike now, where governments could change every six months and everything is focused only on how to keep the government stable or to bring it down. Even under direct election system, if things are going extremely wrong, there will be provisions to impeach the executive. And, the laws would be made by parliament anyways.

On the issue of Madhesh, janajatis, and ethnic groups, we have to be inclusive and sensitive in shifting power to actual people in the grassroots. We also have to respect everyone's rights to non-violently and freely express their dissatisfaction toward the status quo. This is not going to happen if we only follow the political rhetoric of dishonest politician like Pushpa Kaml Dahal aka Prachanda, who has a history of leading the rebellion army primarily consisting of ethnic groups and using them violently to get to power and compromise anything for his own gain of power.

Look what 10 years of Maoists insurgency has accomplished? Yes, it may have had some positive impact on few changes that occurred, but who knows, they could have happened in the course of time themselves. As we don't know the counter-factual, we can only see what has happened. And it is safe to say that the country has moved backwards 50 years due to the Maoist insurgency. And now their obsolete theory of dividing the nation into many states with ethnic themes in the name of decentralization shines their sheer stupidity. Look what a mess they have created in politics of Nepal, even their own party has split into many parties, and the so called mainstream Maoist party has multiple factions. Were they not the ones who sacrificed thousands of innocent Nepali people's life in the name of change? If they were able to induct, unite and mobilize that kind of army; why can't they unite in true interest of Nepal. It does sound fishy doesn't it? Because it's not about country or the people; guess what? Its all about THEMSELVES.

Now this doesn't spare other parties either. They do not get vindicated easily. They have their own splits and self-centeredness. But, at-least they didn't wage a war that pushed the nation backwards. Now, not one party is correct in all issues. Not one person. We, the people have to be critical and decide what is appropriate for us. What is a common sense solution? What is a rhetoric and what is of substance? What do technocrats say? What is being decided by us and what is being imposed on us?Then we have to pressure our politicians to do the right thing (many times, the best among options - when there is no right or wrong).

For politicians, now is the time for them to deliver a constitution that is in interest of Nepal and Nepali people. If not now, when?

May we see a constitution soon and a Nepal moving fiercely towards development and prosperity. That is always my hope although I am guilty myself of leaving Nepal and spending the most productive years of my life abroad. However, I do this for my own self-interest without promising anyone anything. If things were different in Nepal, I am not sure I would have ended up abroad in the first place. But let's not get into hypothetical situations!

Sunday, September 28, 2014

केही मुक्तकहरू

तिमीसँग एकान्तमा हुन मन लाग्छ
सुनसानमा स्वासले स्वास छुन मन लाग्छ
साउतीले मन साट्ने मात्र होइन
चाहनालाई तृप्तीले धुन मन लाग्छ
                        **

जीवन मात्र कहाँ हो र ? अव त रहर पनि तुहिन थाल्यो
अरुको त चामल फल्यो रे, आफ्नो त पिठो पनि कुहिन थाल्यो
थुपार्या छन् अरुले कुन्नि कसरी हो? आफ्नो त
टाल्या टाल्यै गर्दा पनि सबथोक चुहिन थाल्यो
                        **

पागल प्रेमीको नाम दिएको छ दुनियाँले, मलाई त सिर्फ मायाको भोक थाहा छ
वरिपरि अरु हाँस्य नाँच्या छन्, मलाई त सिर्फ तिमी नपाउनुको शोक थाहा छ
भन्छन् बौलाएँ रे, बेहोश छु रे,  कहाँ छु ? कसरी छु ? केही थाहा छैन
हो भुलेछु सबथोक मैले आजकल तर मलाई अझै तिमी हिँड्ने चोक थाहा छ
                        **

तिम्रा आँखा कस्ता चुम्बक हुन् कुन्नि सधैं मलाई तिमीतिरै तान्छन्
म जता जान खोजे पनि घुमिफिरी तिमीतिरै लान्छन्
भुल्छु तिमीलाई भन्छु धेरैतिर मन डुलाउन खोज्छु
तर मनका भावना अनि मायाका छाल तिमीतिरै मात्र जान्छन्

                        **

Saturday, September 27, 2014

खुट्टाहरू चुँडिएको माकुरो

उसले भौतिक सुखका होइन आदर्शका शब्द कहेछ
अनि पो दहिपछि खाएको पानीझैं खल्लो हुँदै गएछ

नाम र शक्तिको पछि लाग्न छोडेर
आफ्नै बदनामी पनि सहर्ष सहेछ

सोच र सिद्धान्तलाई मात्र च्याप्न छोडेर
आफ्ना भावनामा पनि मनखुस बहेछ

ऊ अरू जस्तो हुन नखोज्ने आफ्नै संसारमा रमाउने
अरुको नजरमा ऊ त कसैले नबुझ्ने पागल रहेछ

संसार जकडिएको सामाजिक जालो
ऊ चाहिं खुट्टाहरू चुँडिएको माकुरोझैं भएछ

Spider with its legs plucked off by Santosh Lamichhane










P.S. I wish I knew how to draw well ;)

Sunday, September 21, 2014

Pointers

everything around us is a pointer
that shows all the answers
we just need to be able to see

yet
until we are not ripe enough
or seeking earnestly
our vision will be clouded
Pointers by Santosh Lamichhane

there is nothing we can do
nothing we have to do

every experience is spontaneous
it is an unplanned activity
that is only in the Now

we needlessly try to analyze it
and give a meaning to it
but that is what prepares us
it is just a process we go through

some are ready some are not
but the flowering will happen
and at a point it is realized
truth is not a painting or a picture
it is the constant frame that never moves

all the variations are just a dance
of the manifestations
all are a form of the one unmanifested

look closely
everything is a pointer

Sunday, June 1, 2014

घामसँग के को डर ? / Why fear the sun?

Few weeks ago, when I had gone back to Nepal, I had an opportunity to meet with Mr. Mohan Duwal. He is a well known literary figure in Nepali literature. Not only has he contributed by writing various genre of Nepali literature but he has also continuously edited and published a literary journal, Janamat, and managed a publication house, Janamat Prakashan; that have supported Nepali literature and writers. He has established literary prizes, documented works of many rare literary figures, and provided invaluable contribution to Nepali literature.

I and my dad had gone to visit him. He is a very down to earth man who has a small bookstore in his house where he spends most of his time writing, reading, and doing all the literary work.

My dad, Dr. Bharat Prasad Lamichhane and Mr. Mohan Duwal at Mr. Duwal's abode
During the meeting, I had an opportunity to ask him if I could translate one of his work. I did let him know that I am a novice in the translation field. However, he said I could try with one of his poem Ghamsanga ke ko dar / Why fear the sun? Here it is for you:

घामसँग के को डर ?
  ---मोहन दुवाल

अविचल आफू निर्वस्त्र नाङ्गिएर
सधैं-सधैं आफूलाई देखाइरहने
निश्चल निश्चल भएर आफैं पोखिएर
अरूलाई जीवनरङ्ग छार्किरहने
ढाँटछल नजानेका निस्वार्थ मनसँग
माया साट्न खोजिरहने
लोभ के हो, थाहापत्तो नभएका उनी
बाँड्न रुचाउँछन् उज्याला आभाहरू
त्यसैले त सबैका लागि उनि प्रिय छन्
सबैक लागि सहारा पनि त हुन् |

युगौंयुगसम्म गर्दै आइरहेका
आफ्ना सेवा-मर्महरू भट्किन नदिन

जीवनको जग भत्किन नदिन
आफूजस्तै खोजिरहेछन उनी सधैंभरि
जहाँ पुगे पनि, जता लागे पनि
जसरी भए पनि  फैलाइरहन खोज्छन आभाहरू
निरन्तर निरन्तर फुलाइरहन्छन्
सधैं सधैं  फैलाइरहन्छन् स्पर्शहरू
जीवन मर्म-मर्ममा प्रियहरू खोज्दै
आफू दुखेर अरुलाई अमृत बाँड्ने उनी
धरतीभरि, जीवनभरि सबै-सबैलाई
मोहनी बाँड्न पाउँदा
खुशी रहन्छन् उनी |

पातहरूमा, फूलहरूमा, डाँठहरूमा
जराहरूमा, हाँगाहरूमा जहाँ पनि पुग्ने उनी
जीवहरूकै अस्तित्वमा अस्तित्वकै घाम भएर
चम्किन खोज्ने उनी
कति शालीन, कति भद्र, कसैलाई बिगार्न नजानेका
तर अरूलाई दिइरहने उनी
थाक्न नजानेर त होला
धरतीभरिभरि पोखिन सिपालु छन् |

दुस्मनी गर्दैनन् कहिल्यै उनी
कसैले इर्ष्या पनि गरेको थाहा छैन मलाई
आफू छर्किएर अरुलाई उज्यालो बाँड्न तल्लीन उनी
म त सधैं-सधैं मनमा घामजस्तै उनलाई
मनमा राख्न रुचाइरहेछु |

जसले अरूलाई दिन्छ मात्र, केही लिन जान्दैन
उससँग केको डर ?
जसले सबैलाई माया मात्र बाँड्छ, केही माग्दैन
उनीसँग के को डर ?
जो प्रकाश भएर फिंजीरहन्छ धरतीभरि
जो हाँसिरहन्छ हाँसो भएर सबैतिर भरिभरि
ऊसँग केको डर ?

घाम पनि त उनीजस्तै छन्
उनी पनि त घाम जस्तै छन्
उनीसँग के को डर ?
घामसँग के को डर ?

Why fear the sun?

---Mohan Duwal

Being motionless, clothless, bare-skinned
it always exhibits itself
Firm and stationary but always dripping
it sprays others the color of life
Unaware of deception, with a selfless heart
it always seeks to exchange love
Unfamiliar with greed
it likes to disseminate shiny sparkles
So, it is liked by all
It is also a lifeline for all

To prevent going astray
its core motto to serve
To prevent crumbling down of
the foundation of life
It is always in search of its own kind
Wherever it goes, wherever it reaches
It tries to spread the shine
It continuously makes things bloom
It always scatters touch
In every phase of life,
it finds beings to love
Even in agony,
it offers ambrosia to others
In the whole earth, lifelong
it takes pleasure in sharing enamoring affection

It reaches everywhere
leaves, flowers, branches, stems, roots
It tries to glow as the existence of beings
Calm, gentle, and innocuous
it is always benevolent and generous
It always pours itself onto the earth,
perhaps, it does not know exhaustion

Never known for animosity towards anyone
I do not know anyone being jealous of it as well
It is always busy spreading itself and distributing light
Oh, I want to keep someone like sun
always in my mind

Who always gives only,
does not know to take back,
why fear such a thing?
Who only shares love with everyone,
never asks back,
why fear such a thing?
Who disperses brightness everywhere on the earth
Who fills and delights everything with a smile
Why fear such a thing?

Someone too is like the sun
The sun too is like someone
Why fear that someone?
Why fear the sun?

(translation by Santosh Lamichhane)

Tuesday, April 8, 2014

नसोध मलाई, आज किन होशमा छौ ?

माया बाँधिनुअघि विश्वासको डोरी फुकेछ
मैले पत्र लेखेपछि उनको कलमको मसी सुकेछ

उनलाई जित्न हरथोक हारेथें
परिबन्धले उनकोसामु पनि शिर झुकेछ

साँचो प्रेम ढाकिदैन भन्थे
तर साक्षी बस्ने समयनै कतै लुकेछ

समाजको नियम पनि कस्तो, सपनामा
मेरो लाश छुन पनि उनको हात रुकेछ

नसोध मलाई आज किन होशमा छौ
साथ दिने मदिरा पनि आजै चुकेछ

Thursday, April 3, 2014

Some Sentimental Songs I like

What would we do without music? Although not everyday, very often I indulge myself in music of various mood, melodies, and genres. I grew up in Nepal, so naturally I love many Nepali songs. I also grew up watching Bollywood movies and liking songs from them. Growing up in a very eclectic mix of population in Kathmandu, I also listened to American and British music through influence of some of my peers. With that and my living in the U.S. for more than a decade, I have developed a penchant for English songs too.

Today I was listening to one of the modern Nepali songs by Deepak Kharel (बादल बनाईदेऊ / Turn me into a cloud). It is a very sentimental song. I love everything about the song, the music, the voice, and the lyrics. Although, translation is not my forte, I have tried to translate it into English. Lyrics and the the song is below.

बादल बनाईदेऊ / Turn me into a cloud

 

बादल बनाईदेऊ आकार बदल्न सकूँ Turn me into a cloud so I can change forms
क्षमता दिलाईदेऊ जिउँदै म जल्न सकूँ Make me able so I can burn myself alive
जाऊँ कसरी जाऊँ आफ्नै लाशको मलामी How can I go to funeral of my own corpse
चूपचाप सहूँ कसरी आफ्नै बदनामी How can I silently tolerate my own defamation
सस्तो बनाईदेऊ बजारमा चल्न सकूँ Make me cheap so I can sell out in the market
क्षमता दिलाईदेऊ जिउँदै म जल्न सकूँ Make me able so I can burn myself alive
फेरि चलाऊ गोली घाइते बनाई नराख Shoot me once more do not keep me wounded
चितामै जल्न देऊ चिन्तामा जलाई नराख Let me burn in pyre rather than keep burning in anxiety
लाजहीन बनाईदेऊ सडकमा ढल्न सकूँ Make me shameless so I can lay myself down on the street
क्षमता दिलाई देऊ जिउँदै म जल्न सकूँ Make me able so I can burn myself alive



Well that is one of many sentimental songs I like. Today I was curious about the sentimental songs that would come to my mind if I try to enumerate them. I am not trying to rank them or anything as I may not have listened to many good songs. But I am going share what I came up with. Here are a few other sentimental songs that I have enjoyed listening to:

Nepali Songs

 

Timi jun raharle ma ma phulna aayau by Narayan Gopal



Ma ta door dekhi aayen by Deep Shrestha



Sajhako jun sangai by Arun Thapa



Sapana bhulai sara by Yogesh Baidhya, composition by music maestro Natikaji



Ritto sadak ma khojchhu by Pratibimba

 

 

Bollywood Songs

 

Chingari koi bhadke from the movie Amar Prem


 

Tere liye from the movie Veer Zara


 

Khijaki phool se from te movie Do Raste


 

Tadap tadap ke is dil se from the movie Hum Dil De Chuke Sanam


 

Aab naam mohobat ka from the movie Ghulam


 

English Songs

 

Like a stone by Audioslave 


 

Fade to black by Metallica 


 

Dust in the wind by Kansas 


 

Tears in heaven by Eric Clapton


 

Yesterday by the Beatles (Can any discussion of music be complete without a mention of the Beatles?)



That is all for today. I will post happy/romantic/love songs some other time. Also, I would be curious to know some of your favorite sentimental songs. 

Wednesday, April 2, 2014

आजकल केही मान्छे / Nowadays Some People

आजकल केही मान्छे रातझैँ Nowadays some people have become
सुनसान अनि कालो भएका छन्  dark like a silent night
छोपिएको तिरस्कृत बस्तुझैँ They have turned into cobweb
माकुराको जालो भएका छन्  like a hidden and neglected object
आफ्नै वजनले थिचिएर Crushed by their own burden
लुलो भएका छन्  they have become frail
माटोबाट टुक्राटुक्राभई अलग्गिएको Like dust separated from ground and shattered into pieces
सबले कुल्चने धुलो भएका छन्  they get trampled by everyone
फुललाई च्यातेर हजार पल्ट Tearing flowers thousands of times
ढुँगालाई पुज्ने भएका छन्  they offer prayers to stone
यथार्थबाट बेदखल सिद्धान्तमा In theories detached from reality
हरदम रुझ्ने भएका छन्  they keep themselves drenched
आजकल केही मान्छे सोचको काखा Nowadays some people have become intimate with thoughts
तर मुटुको पाखा भएका छन् but unfriendly with heart
आफुले आफैलाई नदेख्ने They have become a clueless eye
निर्बोध आँखा भएका छन् that does not see itself

Sunday, March 30, 2014

तिम्रो धड्कनको तालसँग

तिम्रो धड्कनको तालसँग सास फेर्न चाहन्छु
अँगालोमा तिमीलाई हरपल बेर्न चाहन्छु

अतीत र भविष्य बिर्सी, खुसी छौं मिलनमा
यो पललाई वर्तमानले मात्र घेर्न चाहन्छु

समाजले उल्फत गरेर के भो? तिमी त मेरो साँचो प्रेम
तिम्रोलागि सिर्फ मनको कुरा टेर्न चाहन्छु

तिमीसँगको एक पल पनि मेरो ठुलो प्राप्ति
हजार समस्या र चुनौती मस्तिष्कबाट केर्न चाहन्छु

बिर्सेर आज हरथोक, बिपनामै
सपना र कल्पनाका कुरा हेर्न चाहन्छु

Tuesday, March 25, 2014

अलग जिन्दगीको खोजीमा

अलग जिन्दगीको खोजीमा अमुल्य जीवन मासिन्छ
रङ्गीन सपनाका पछि लाग्दा बिपनाका रङ्ग नासिन्छ

साना सयौं खुसीहरू महत्वकांछाले मार्दछ
भोली-भोली सुत्रले जोबनका रहर टार्दछ

रित्तिएर के भो? रित्तोले त नयाँपन भर्न सक्छ
थुपार्ने मात्र गर्छु भन्दा भोग गर्ने अरुनै पर्न सक्छ

अन्त्य राम्रो भएनी को भो? सुरुवात नभएपछि
उपहार पाउनुको के अर्थ भो ? स्वीकार्न नगएपछि

अलग जिन्दगीको खोजीमा अमुल्य जीवन मासिन्छ
रङ्गीन सपनाका पछि लाग्दा बिपनाका रङ्ग नासिन्छ 

Monday, February 24, 2014

केही किनारा लाग्नेछन्

बेगसँग हुत्तिने शोषणको छाल बनेर
मानिसका मिहेनत बगाएर सोहोरौं भन्नेहरू
पसिनाले सिंचेर भर्खरी टुसा उम्रेका इमानलाई
जबर्जस्ति घुसपैठको आहालमा डुबाउँ भन्नेहरू
तेस्तो गर्न केहीको मन नमान्न सक्छ
तेसैले ती किनारा लाग्नेछन्

भोक, अभाव, अनि गरिबीका भावना छुँदै
मान्छेको फौज सँगालेर
शान्ति अनि सुव्यवस्था ल्याउने भनेर
मान्छेनै मारौं भन्नेहरू
विकास र निर्माणको गन्तब्य पुग्ने भन्दै
भएका सडक, पुल, अनि सभ्यतानै भष्म पारौं भन्नेहरू
तेस्तो सोच केहीले नराख्न सक्छन्
तेसैले ती पन्छिनेछन्

समाज सेवा गर्ने भनेर
संस्था खोलेर चन्दा उठाई
आ-आफ्नै भोगकोलागि घर बनाउने
आफ्नै आफन्त अनि इस्टमित्रमा बाँड्ने भन्नेहरू
विदेशको बिलाशमा आफ्ना लागि भरमग्दुर बटुल्न खोज्ने
तर जन्मभूमिका असाहाय निमुखालाई वास्ता नगर्ने भन्नेहरू
मातृभूमिका भोका अनि लाचारलाइ चटक्क बिर्सनेहरू
तेस्तो गर्न सबको चेतनाले दिदैन
तेसैले केही तिमीहरूबाट अलग हुनेछन्

धर्म गर्ने भनेर
दुईचार जना बटुलेर ठुला ठुला कुरा गर्नेहरू
अनि दीन दुखिका लागि होइन
आफ्नै सम्बृद्ध समाजका लागि
कसरी फाइदा लुट्ने भनेर सोच्नेहरू
बुझेर पनि बुझ पचाऊन सबले सक्दैनन्
तेसैले केहीले आफै सत्य खोज्नेछन्

ढोंगमा जति बेगले बग्नु छ बग
जति सोहोर्नु छ सोहोर
आखिर बगेर कहाँनै पुग्छौ ?
सोहोरेर कहानै पुर्याउछौ ?
चेतनशीलहरू घस्रेरै पनि
किनार लाग्नेछन्
तेस्तो किनार जसले पुरै नदी अटाउन सक्छ
पुरै समुन्द्र अटाउन सक्छ
बग्ने सोहोर्ने सबको बेग रोक्न सक्छ
हो, केही किनारा लाग्नेछन्
केही किनारा लाग्नेछन् ||

Sunday, February 9, 2014

शब्द र भोगाइ

कसैले लेख्नेछन्
तिमीले बोल्न नसकेका कुरा
कहिलेकाँही त्यसरी लेख्नेछन्
जसरी तिमीले भन्न चाहेथ्यौ

तिमीलाई लागेका जस्तै कुरा
तिम्रा जस्तै भावना
तिम्रै जस्तै बुझाई
कतै कतै कसैन कसैले लेखिसके
कि लेख्नेछन्  भविष्यमा

अनि जब तिमीले पढ्नेछौ ति शब्दहरू
तिनले छुनेछन् तिम्रो मन
याद गराउनेछन् तिम्रा अनुभवहरू
बिल्क्कुल तिम्रो जस्तो अनुभब नहुँदा पनि
तिनले तिमीलाई दिनेछन् एउटा नौलो अनुभब

शब्दमा रहेका क्षणका अवशेष
पढाईसँगै ताजा अनि गाढा हुने गर्छन्
शब्दमा व्यक्त नभएका भोगाइहरू
नभोग्नेहरूबाट टाढा हुने गर्छन्